थारु र मधेसी नेतालाई पार्टीको निर्णय मान्न दाहालको आग्रह

maxresdefaultएकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रका मधेसी र थारु समुदायका नेतासँग छलफल गरेका छन्। छलफलको अन्तिममा प्रचण्डले पार्टीको निर्णय मान्न आग्रह गरेका छन्। ‘तपाईहरुका कुरा सुनियो, सकेसम्म वार्ताको वातावरण बनाउने प्रयास गर्छौं’ दाहालले थारु र मधेसी नेताहरुलाई भने, ‘तर तपाईहरु पार्टीको निर्णय मानिदिनुहोला।’

छलफलमा क्रममा पार्टीभित्रका थारु र मधेसी नेताहरुको कुरा सुनिसकेपछि दाहालले संविधान निर्माणलाई रोक्न खोज्दा जटिल परिस्थिति आउने बताएका थिए। नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा भएको छलफलमा एमाओवादीका मधेसी मूलका नेताहरुले वार्ताको वातावरण बनाउन दाहाल र बाबुराम भट्टराई लगायतका नेताहरुसँग आग्रह गरेका थिए।

एमाओवादी नेताहरुले संविधानसभाको प्रक्रियालाई केहीदिन ढीलो गर्न र मधेसबाट सेना परिचालन फिर्ता लिएर वार्ताको वातावरण बनाउन नेतृत्वलाई सुझाव दिएका थिए।

Leave a Reply

Your email address will not be published.