रितु हत्याप्रकरण : ‘प्रेम प्रस्ताव अस्विकार गरेपछि छुरा हानेँ’

crimeपाँच दिनअघि मैतीदेवीमा छुरा हानी युवातीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनुषाको तलसियाही जब्दी-६ घर भइ हालः काठमाडौंमा ड्राइभरको काम गर्दै आएका विमलेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गरी आरोपीलाई सार्वजनिक गरिएको हो। यादवले प्रेम प्रस्ताव अस्विकार गरेकाले हत्या गरेको बयान दिएका छन्। उनीहरुबीच हत्या हुनु १५ दिनअघि झगडा भएको डीएसपी दिनेश आचार्यले बताए।

गत शनिबार साथीको विवाहमा हिँडेकी २० वर्षीया रितु महासेठको छुरा हानी हत्या गरिएको थियो। धनुषा तुलसियाही जब्दीकै महासेठ एफएनएफ गर्ल्स होस्टलमा बसेर कान्तिपुर कलेजमा बीबीए पढ्दै थिइन्।

प्रहरीका अनुसार यादव करिब ४-५ वर्षअघि रितुकै घरमा ट्याक्टर ड्राइभरको रुपमा काम गर्थे। त्यही समयदेखि यादवले रितुको पिछा गर्ने गरेको प्रहरीले जनाएको छ।
त्यस्तै एसएलसीपछि रितु उच्च शिक्षाका लागि काठमाडौं आउँदा यादव पनि काठमाडौं आइ एक औद्योगिक कारखानामा ड्राइभरको काम गर्नेगरेको प्रहरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। ‘घटनाको दुई दिनअघिसम्म यादवले बाटो छेकेर आफूसँग सम्बन्ध राख्न दबाब दिएको र सम्बन्ध नराखे जे पनि गर्न सक्ने धम्की दिएको’ विज्ञप्तीमा उल्लेख छ।

‘यादवले शुक्रबार हत्या योजना बनाइ आफू काम गर्ने कारखानाबाट चक्कु लिएर आएको र शनिबार बिहान साढे १० बजे होस्टल वरिपरि बसेर रितुलाई कुरेको’ विज्ञप्तीमा भनिएको छ। त्यस्तै ११:१५ बजे रितुको हत्या गरी सिटी सेन्टरको बाटो हुँदै ट्याक्सीमा बालाजु भागी लुकीछिपी बसेको विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

Your email address will not be published.