लौव अग्रासन साप्ताहिक ७औं वर्षमा

Lauwa Agrasan Weekly_ A Tharu Languge NewsPaper

दाङ जिल्लाबाट प्रकाशन हुँदै आएको थारु भाषाको एकमात्र पत्रिका ‘लौव अग्रसान’ साप्ताहिकले छैठौं वर्ष पार गरेको छ। उक्त अवसरमा लौव अग्रसान साप्ताहिकका प्रकाशक/सम्पादक सन्तोष दहित र प्रधान सम्पादक केवी चौधरीले संयुक्त विज्ञप्ती जारी गर्दै ७औं वर्षसम्म ल्याइ सहयोग गर्ने सम्पूर्ण लेखक, पाठक, शुभेच्छुक, सरकारी तथा गैरसरीकारी संस्था, व्यापारी, उद्योगपति, विज्ञापनदाता तथा ग्राहक वर्गप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्।

लौव अग्रासन साप्ताहिक पत्रिका २०६५ मसिर २५ गते जिल्ला प्रशासनमा दर्ता भएको थियो। पत्रिका दर्ता भएको दिनदेखि निरन्तर प्रकाशन हुँदै आएको छ। हालसम्म २ सय ८० अंक प्रकाशन भइसकेको लौव अग्रसान साप्ताहिक पत्रिकालाई नेपाल सरकारअन्तर्गत प्रेस काउन्सीलद्वारा ‘ग’ अंकमा पनि वर्गिकरण गरिएको छ।

अहिलेसम्म नेपालमा थारु भाषाको निरन्तररुपमा प्रकासशन हुँदै आएको एक मात्र पत्रिका लौव अग्रसान साप्ताहिक भएको विज्ञप्तीमा दाबी गरिएको छ। साप्ताहिक पत्रिकालाई निरन्तरता दिन जति चुनौति छ त्यो चुनौतिका बावजुद पनि भाषिक पत्रिका यहाँसम्म आउनु आम दंगालीबासीका लागि खुसीको कुरा भएको विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

Your email address will not be published.