‘चरी’ भनिने दिनेश अधिकारी प्रहरीसँगको भिडन्तमा मारिए

Chariकाठमाडौं- आपराधिक गतिविधिमा संलग्न भई फरार व्यक्तिको सूचीमा रहेका ‘चरी’ भनिने दिनेश अधिकारी प्रहरीसँगको भिडन्तमा मारिएका छन्। फरार अपराधीको खोजतलासमा विगत १० दिनदेखि सक्रिय प्रहरीले सीतापाइला–भीमढुङ्गा क्षेत्रमा अपराह्न भएको भिडन्तमा उनी मारिएका जनाएको छ।
गस्तीमा रहेको प्रहरीमाथि आपराधिक समूहले गोली प्रहार गरेपछि जवाफी कारबाहीमा अधिकारीको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक पुष्कर कार्कीले जानकारी दिए।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले उल्लेख गरे। धादिङका स्थायी बासिन्दा अधिकारी काठमाडौंमा रहेर आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए। रासस

Leave a Reply

Your email address will not be published.