टीकापुर सम्मेलन आयोजक र प्रशासनबीच ७ बुँदे सहमति

टीकापुर सम्मेलन सफल बनाउन आयोजक र प्रशासनबीच ७ बुँदे सहमति भएको छ। धनगढीमा बुधबार जिल्ला प्रशासन कार्यालयले डाकेको सर्वपक्षीय भेलाले कार्यक्रम सफल बनाउन लिखित सहमति गरेको हो।

आयोजकले सम्मेलन शान्तिपूर्ण र सामाजिक सद्‍भाव कायम गर्न पहिचान खुल्ने प्रवेश पासको व्यवस्था गर्नुपर्ने, सद्‍भाव खल्बलिने खालका नारा जुलुस वा वक्तव्य वाचन गर्न नपाउने, कार्यक्रम स्थल वा बजार वरिपरि कुनै पनि प्रकारको घरेलु हातहतियार बोक्न वा प्रदर्शन गर्न नपाउनेलगायत बुँदामा सहमति गरेको हो।

कार्यक्रम सफल पार्न प्रशासन, प्रहरी र सरोकारवाला पक्षहरुले पूर्ण सहयोग गर्ने सहमति भएको जारी विज्ञप्तीमा उल्लेख छ।

 

Leave a Reply

Your email address will not be published.