टीकापुर सम्मेलन : सद्‍भावका लागि सरसफाइ र रक्तदान कार्यक्रम गरिने

भदौ ७, ८ र ९ गते हुन गइरहेको थरुहट थारुवान राष्ट्रिय सम्मेलनको पूर्वाद्धमा टीकापुरमा सरसफाइ तथा रक्तदान कार्यक्रम हुने भएको छ। आयोजकका अनुसार टीकापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समूहसँग समन्वय गरेर भदौ ५ गते सद्भा वका लागि टीकापुर सफाइ अभियान चलाउन लागिएको हो।

‘कार्यक्रमलाई सबै पक्षबाट सफल पार्न र टीकापुरका थारु पहाडीबीच सद्भाव कायम गर्न सरफाइ अभियान सञ्चान गर्न लागिएको हो,’ तयारी समितिका कैलाली संयोजक माधव थारुले भने, ‘यसले यो कार्यक्रम कुनै समुदाय लक्षित नभएको सन्देश पनि जानेछ।’

त्यस्तै टीकापुरस्थित रेडक्रससँग समन्वय गरेर भदौ ६ र ७ गते रक्तदान कार्यक्रम पनि आयोजना गरिँदैछ। रेडक्रसका जगदीश्वर पण्डितको पहलमा सद्भाकव रक्तदान कार्यक्रम हुन लागिएको हो। ‘थारु र पहाडीबीचमा सदभाव कायम होस् भन्ने चाहनाले सद्भा्व रक्तदान कार्यक्रम गर्न प्रस्ताव गरेको हुँ,’ पण्डितले भने, ‘आयोजक साथीहरुले प्रस्तावलाई स्वीकार गर्नुभएको छ। यसले पक्कै पनि बिग्रेको सद्भाभव बन्नेछ भन्ने आशा छ।’

टीकापुर सफाइ अभियान र सद्भाव रक्तदान कार्यक्रमलाई टीकापुरको उद्योग वाणिज्य संघ, टीकापुर सम्वाद समिति र राजनीतिक दलहरुले समर्थन गरेका छन्।

उनीहरुले पनि थारुहरुको राष्ट्रिय सम्मेलनलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्ने र टीकापुरमा सद्भााव बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए।

Leave a Reply

Your email address will not be published.