थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्र

टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्ररुपमा भइरहेको छ। संविधानका केही धारा संशोधन हुनुपर्ने, थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी गर्नुपर्ने र टीकापुर घटनामा आजीवन सजाय पाएका माननीय रेशम चौधरीसहित सबैलाई रिहाई गर्नुपर्ने मागसहित थारुहरुले भदौ ७, ८ र ९ गते सम्मेलनमा जुट्दैछन्। 

आयोजकका अनुसार २५ जिल्लाका कम्तिमा पनि ८ हजार थारु नेताहरु उपस्थित हुँदैछन्। त्यस्तै देशभरिबाट आदिवासीका सबालमा बोल्दै आएका अगुवाहरुको उपस्थिति हुने आयोजकले जनाएको छ।

‘कार्यक्रमको तयारी लगभग पूरा भएको छ। कार्यक्रम सफल पार्न देशभरिका थारुहरु टीकापुरमा भेला हुँदैछन्,’ थरुहट नेता लक्ष्मण थारुले भने, ‘कार्यक्रममा प्रस्तुत गरिने अवधारणा पत्र, टीकापुरमा खाने बस्ने व्यवस्था र प्रहरी प्रशासनसँग सुरक्षाको व्यवस्थालगायत तयारी भइकेको छ।’

उनका अनुसार कार्यक्रम सफल पार्न प्रत्येक थारु गाउँका स्थानीय जनप्रतिनिधि, भलमन्सा, बरघरहरुसँग तिव्र छलफल भइरहेको छ। जिल्ला जिल्लाबाट आउने अतिथिहरुलाई गाउँलेहरुले नै खाने बस्ने व्यवस्था मिलाउने नेता लक्ष्मण थारुले जानकारी दिए।

भदौ ७ गतेको उद्घाटन सत्र टीकापुरस्थित सिटी हलको प्रांगनमा हुने र दुई दिने बन्दसत्र सिटी हलमा हुने आयोजकले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published.