रेशम बचाउ अभियान लिएर टीकापुरका युवा काठमाडौंमा, राजपाविरुद्ध आन्दोलन गर्ने चेतावनी

माननीय रेशम चौधरी चौधरी बचाउ अभियान लिएर टीकापुरका युवा राजधानी आएका छन्। उनीहरुले बुधबार माइतीघर मण्डलामा रेशम चौधरी बचाउ भन्दै ब्यानर लिएर धर्नामा बसेका थिए।  ‘माननीय रेशम चौधरी निर्दोष छन्। त्यसको प्रमाण ३४३४१ भोटर साक्षी छन्,’ अभियानका संयोजक टीकापुर चौधरीले भने, ‘त्यसकारण उहाँलाई बिनासर्त रिहाई गर्नुपर्छ।’

उनले माननीय रेशम चौधरीको पार्टी राजपाले पनि उहाँको मुद्दामा चासो नदिएको आरोप लगाए। थारुको मत पाएर राष्ट्रिय पार्टी बनेको राजपा नेतालाई उनले भने, ‘थारुको मत पाएर राजपा राष्ट्रिय पार्टी बन्यो, अहिले थारु जनप्रतिनिधिलाई नै हेला गर्ने? यस्तै हो भने हामीहरु अब राजपाविरुद्ध आन्दोलनमा उत्रिन्छौं,’ उनले भने।

राजपा नेताहरुलाई भेटेर दबाब दिने उनीहरुको योजना रहेको संयोजक चौधरीले बताए।

Leave a Reply

Your email address will not be published.