लोकसेवा विज्ञापनविरुद्ध चितवनमा आन्दोलन गरिने

कारी महतो/चितवन।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशनमा भएको लोक सेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध चितवनका आदिवासी जनजाति, दलित र मुस्लिम संघ संगठनहरु आन्दोलन गर्ने भएका छन् । आज भएको पत्रकार सम्मेलनमा नेपाल दलित मुक्ति मोर्चा चितवनका इन्चार्ज खेम बहादुर दर्जीले लोक सेवा आयोगको विज्ञापन असमावेशी र असंवैधानिक भएकोले उक्त विज्ञापन सच्याउनका लागि हामी वहिष्कृत वर्गले दिएको स’झाव सरकार र लोक सेवा आयोगले नसुनेकोले आफूहरु एकिकृत भएर आन्दोलन गर्न’ परेको बताए। 

परिवर्तनबाट स्थापित सकारात्मक विभेद अर्थात आरक्षणलाई निस्तेज पार्ने नियतले आएको विज्ञापनको विरोधमा जेठ १६ देखि नै उपत्यका लगायत विभिन्न जिल्लाहरुमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्ग, सिमान्तकृत, पिछडिएको क्षेत्र तथा विभिन्न राजनीतिक दलहरु र सम्बद्ध मोर्चाहरुको तर्फबाट आरक्षण बचाउ आन्दोलनमा रहेको जानकारी गराउँदै भोलि काठमाडौं लगायत देशैभरि धर्ना, जुलुससहित सामान्य प्रशासन मन्त्री र लोक सेवा आयोगका अध्यक्षको पुत्ला दहन गर्ने कार्यक्रम रहेको र श्रावण ४ गते उपत्यका लगायत देशैभरि जनप्रदर्शन र विरोध सभा गर्ने कार्यक्रम रहेको जनाएका छन् ।

दलित मोर्चाका जिल्ला इन्चार्ज दर्जीले चितवनमा रहेका आदिवासी जनजाति, दलित र मुस्लिम लगायतले चितवनमा आन्दोलनका कार्यक्रमहरु बारे जानकारी गराउँदै चितवनमा लोक सेवा आयोगको कार्यालय नभएकोले जिल्लाका आदिवासी जनजाति, दलित र मुस्लिम लगायतको संय’क्त निर्णय अनुसार भोलिदेखि पहिलो चरणको आन्दोलन सुरु गर्ने जनाएका छन्।

पहिलो चरणको कार्यक्रम अन्तर्गत भोलि श्रावण ३ गते ११ बजे भरतपुरको चौबिस कोठीबाट विरोध जुलुससहित सिडिओलाई ज्ञापन पत्र बुझाउने रहेको जनाएका छन् । पहिलो चरणको आन्दोलन सम्पन्न भएपछि प’नः दोश्रो चरणको आन्दोलन सार्वजतिक गर्ने मोर्चाका इन्चार्ज दर्जीले बताए ।

आदिवासी जनजाति महासंघ चितवनका अध्यक्षा सुरवीर मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जनजाति, दलित र मुस्लिम समुदायका विभिन्न ८ वटा संघसंगठनका अध्यक्ष र प्रतिनिधिहरुले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.