एकीकृत थरुहट राष्ट्रिय भेलामा धनिराम चौधरीको राजीनामा माग

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीको राजीनामा माग गरिएको छ। चितवनको पर्यटकीय नगरी सौरहामा आजदेखि भइरहेको एकीकृत थरुहट राष्ट्रिय भेलामा बोल्ने जिल्ला सभापतिहरुले राजीनामा माग गरेका हुन्। धनिराम चौधरीका कारण आन्दोलन अगाडि बढ्न नसकेको भन्दै नवलपुरका सभापतिले अध्यक्ष धनिराम चौधरीले कि राजीनामा दिनुपर्ने वा कार्यबाहक दिनुपर्ने माग गरेका हुन्।

कार्यक्रममा धनिराम चौधरीको उपस्थिति भने छैन। उनको नाममा तयार पारिएको अवधारणा पत्र कार्यबाहकले सभापतिले प्रस्तुत गरेका थिए। उनको अवधारणा पत्रमा थारु समुदायको अधिकार प्राप्ती आन्दोलनको अगुवाई कसरी गर्ने भन्दा पनि यसअघ सभाले के कस्तो कार्यक्रम गरेको हो त्यसको प्रतिवेदन सुनाइएको छ।

थारु कल्याणकारिणी सभा र थरुहट थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा देशभरिबाट थाकसका पदाधिकारीहरु उपस्थित छन्। त्यसका अलवा नेकपाका सांसद अमनलाल मोदी र नेपाली कांग्रेसका पूर्वसांसद सुरेन्द्र चौधरी पनि सहभागी छन्। त्यस्तै संघर्ष समितिमा आबद्ध संघसंस्था र सहिद परिवारका सदस्यलाई पनि कार्यक्रममा बोलाइएको छ।

कार्यक्रम आइतबारसम्म चल्नेछ।

Leave a Reply

Your email address will not be published.