थाकस उपमहामन्त्री मीनराज चौधरीको स्पष्टीकरण विवाद, कसको दबाबमा काटियो पत्र?

थारु कल्याणकारिणी सभा (थाकस)को अनुशासन तथा जाँचबुझ समितिले उपमहामन्त्री मीनराज चौधरीलाई तीन दिने स्पष्टीकरण सोधेको छ। मानबहादुर चौधरीको संयोजकत्वमा एक महिना अगाडि गठित समितिमा नेमनारायण सिंह थारु र रामराज चौधरी सदस्य छन्।

समितिले अध्यक्षले तोकेको काममा असहयोग गरेको, संस्थाको नीति, नियम, निर्णय र लक्ष्यविपरीत थरुहट थारुवान राष्ट्रिय सम्मेलनको संयोजक बनेको र कैलाली र उदयपुरमा भेला गराइ थारु समुदायको एकतामा खलल पुर्याउने काम गरेको भन्दै स्पष्टीकरण सोधेको हो। समितिका सदस्य सचिव रामराज चौधरीले कसैको दबाबमा नभएर समितिको आफ्नै सुझबुझले निर्णय गरेको बताए। ‘यो समितिको आफ्नै सुझबुझले गरेको निर्णय हो, यो निर्णयमा कसैको हस्तक्षेप छैन,’ उनले थारुवानसँग भने ।

अनुशासन समितिले मीनराज चौधरीलाई पठाएको पत्र।

समितिले थारु कल्याणकारिणी सभाको विधान २०६३ को दफा १४ को उपदफा ४, ५ र ७ लाई टेकेर स्पष्टीकरण सोधेको हो। तर विधानले त्यो अधिकार अध्यक्षलाई मात्र दिएको छ। यो सम्बन्धमा सदस्यसचिव चौधरीले सचिवालयले बनाएको समितिलाई यो अधिकार रहेको जवाफ दिए। ‘सचिवालयले बनाएको समितिले स्पष्टीकरण सोध्नसक्छ । भलै विधानमा त्यो अधिकार अध्यक्षमा निहीत छ,’ उनले भने। उनले थारु कल्याणकारिणी सभा र थरुहट थारुवान संयुक्त संघर्षसमिति फरक रहेको बताए। तर संघर्ष समितिलाई बोधार्थ दिएकाे सम्बन्धमा  उनले सभाको अध्यक्ष र समितिको संयोजक धनिराम चौधरी स्वयं रहेकोले पठाएको बताए।

थरुहट आन्दोलनको लागि विसं २०७२ मा बनाएको थरुहट थारुवान संयुक्त संघर्ष समितिमा थारु सम्बद्ध धेरै संघसंस्था तथा राजनीतिक दलका भातृ संगठनहरुको सहभागिता थियो। ती संस्थाहरुमा अहिले पदाधिकारी नै परिवर्तन भइसकेको स्थितिमा यो समितिको कुनै औचित्य नरहेको स्वयं समितिमा सहभागीहरुले बताउने गर्छन्। थारु सांसद समितिमा रामजनम चौधरी अहिले संसदको हैसियतमा छैनन्, संघसंस्थाको तर्फबाट संयोजक बनाइएको थारु विद्यार्थी समाजका तत्कालीन अध्यक्ष रमेश चौधरीको कार्यकाल परिवर्तन भएको स्थिति छ। यस्तो अवस्थामा उक्त समितिको कुनै औचित्य नरहेको र नयाँ शिराबाट उक्त समिति गठन हुनुपर्ने माग समितिभित्रै हुनेगर्छ।

यस सम्बन्धमा अर्धभूमिगत रहेका थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीसँग सम्पर्क गर्दा न उनले फोन उठाए, न म्यासेजको रिप्लाई दिए । सभाको २२औं महाधिवेशन हुनुअघि धनिरामले थारु पत्रकारहरुलाई बोलाई आफ्नो धारणा राखेका दिए। त्यतिबेला उनले आफू अध्यक्षको उम्मेदवार रहेको र नयाँ नेतृत्वमा पुन आए यो स‌स्थालाई उचाईमा पुर्याउने र नयाँ ढंगबाट सञ्चालन गर्ने थारु सञ्चारकर्मीमाझ बताएका थिए ।

मीनराज चौधरी स‌ंयोजक रहेको समितिबाट छलफलका लागि पठाइएको पत्र।

यता उपमहामन्त्री मीनराज चौधरीले ८ बुँजे स्पष्टीकरण बुझाएका छन् । उनले थारुवानसँग कुरा गर्दै थारु कल्याणकारिणी सभामा जिम्मेवारीपूर्वक आफ्नो काम कर्तव्य निर्वाह गर्दै आएको बताए । उनले अहिले बनेको थरुहट थारुवान राष्ट्रिय सम्मेलनको विषयलाई लिएर स्पष्टीकरण सोधेको बताए । जुन थारु कल्याणकारिणी सभाको नीति, नियमलाई उल्लघंन गर्दैन । ‘यता समितिको संयोजक भएदेखि ममाथि दबाब आएको थियो । यसबारेमा मैले सभाका पदाधिकारीहरुलाई धेरैपटक भेटी मर्जर गरेर टीकापुरको कार्यक्रम सफल बनाउन अनुरोध गरे । उहाँहरुले वार्ता समिति बनाएर एकै ठाउँमा बस्न भन्नुभयो । जसअनुरुप मैले चिठी पनि पठाएँ । तर वार्ता गर्नुको सट्टा दबाबमा आएर मलाई स्पष्टीकरण सोधियो,’ मीनराजले थारुवानसँग भने । उनले असार २१ गते चितवनमा हुन गइरहेको सम्मेलनमा आफूलाई निमन्त्रणा नगरेको बताए ।

हेर्नुहोस् मीनराज चौधरीले बुझाएको ८ बुँदे स्पष्टीकरण

थारु कल्याणकारिणी सभा विधान, २०६३ बमोेजिम गठित अनुशासन तथा जाँचबुझ समितिद्धारा मिति २०७६ असार १६ गतेको पत्र संख्या २०७६÷०७७ च. नं. १ को पत्रबाट स्पष्टीकरण सोधी पठाइएको पत्र प्राप्त भई व्यहोरा अवगत भयो । यस पत्रमा सोधी पठाइएको स्पष्टीकरण को जवाफ तल उल्लेखित बुँदा अनुसार खुलाई स्पष्टीकरण पेश गरिएको व्यहोरा जानकारी अनुरोध गरिन्छ ।

१) थारु कल्यणकारिणी सभाको मिति २०७५ असोज ७, ८ र ९ गते काठमाण्डौमा सम्पन्न भएको महाधिवेशनबाट केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भइसकेपछि मिति २०७६ चैत्र १६ र १७ गते नाइटिङ्गल कलेज कुपण्डोल ललितपुरमा सम्पन्न भएको केन्द्रीय कार्यसमितिको बैठकबाट उप–महामन्त्रीको पदीय जिम्मेवारी प्राप्त गरे पश्चात थारु कल्याणकारिणी सभाको विधान २०६३ को दफा २१ मा उल्लेख काम कर्तव्य र अधिकार अनुरुप एवं बैठकको निर्णय, अध्यक्ष तथा महामन्त्रीले तोकेको÷दिएको जिम्मेवारी अनुसारका हरेक कार्य गतिविधिहरुमा निरन्तर कार्य सम्पदान गर्दै सक्रिय साथ, समर्थन, सहयोग गर्दैै कर्तव्य पालन एवं भूमिका निर्वाह गरिरहेको यहाँहरुमा विदितै छ ।
थाकसको २२औं महाधिवेशनबाट आएको सल्लाह सुझावलाई समेटेर अध्यक्ष, महामन्त्रीबाट दिएको जिम्मेवारी अनुसार विधान संशोधनको मस्यौदा कम्पाइल गर्ने, संस्था नविकरण गर्नमा सहगोग, सभाको नीति तथा कार्यक्रम बनाउने, अधिकारमुखी विभिन्न संघर्षका कार्यक्रमहरुमा सहभागिता, हरेक बैठकमा सहभागी भइ निर्णय प्रक्रियामा धारणा राख्ने, बैठक संचालन तथा निर्णय आदि प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्दै, सभाको कार्य गतिविधिहरुमा सघाउन आफुलाइ थप जिम्मेवारी दिन अध्यक्षको एवं महामन्त्रीलाई मौखिकरुपमा पटक÷पटक अनुरोध गर्दै आईरहेको छु ।
यसर्थ दत्तचित्त भएर सभाको हरेक निर्णय एवं जिम्मेवारी अनुरुप कार्य गतिविधिहरुमा सहयोग एवं भूमिका खेल्दै आईरहेको हुनाले आदरणीय अध्यक्ष एवं महामन्त्रीले तोकेको कार्यमा सहयोग नगरेको भन्ने सवालै हुनसक्दैन । यसरी सक्रिय साथ समर्थन एवं सहयोग गर्दै आईरहेको अवस्थामा पनि म एक जिम्मेवार पदाधिकारी भएता पनि के कति कारणले हो ? सभाको कतिपय सचिवालयको बैठकमा नबोलाई छलफल निर्णय प्रक्रियाबाट सहभागि हुन बञ्चित गराउँदा र यही असार २१ र २२ गते चितवनमा एकिकृत थरुहट राष्ट्रिय भेला हुँदैछ तर अझैसम्म पनि औपचारिक रुपमा मलाई जानकारी तथा खबर नआएको हुनाले यस किसिमको कार्यशैली प्रति मेरो गम्भिर आपत्ति, दुखेसो एवं गुनासो रहेको व्यहोरा अनुरोध छ ।

२) लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको हाम्रो मुलुकको “नेपालको संविधान, २०७२ को मौलिक हक अन्तर्गत धारा १७ स्वतन्त्रताको हकमा प्रत्येक नागरिकलाई संघ, संस्था खोल्ने, विचार अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने स्वतन्त्रताको संवैधानिक हकको प्रत्याभूती गरिएको छ। साथै थारु कल्याणकारिणी सभाको जिम्मेवार पदाधिकारी भए पनि थाकसको मूल मर्म भावना, उद्देश्य एवं लक्ष्यमा प्रतिकूल असर नपुग्ने गरी स्वतन्त्र नागरिकको हैसियतले पनि आप्mनो समुदायको हक हित, उत्थान विकास एवं समग्र अकिारका लागि आवाज उठाउन, संगठित हुन, प्रचलित कानुन बमोजिक विभिन्न कार्य गर्न गराउन पाउनु प्राकृतिक न्यायको सिद्धान्त, संवैधानिकरुपले प्रदत्त गरेको नैसर्गिक अधिकार हो । यसरी भनिरहँदा थाकसको विधान, नियम, निर्णय, उद्देश्य र लक्ष्य विपरित जाने चाही होइन ।
यसर्थ थारु कल्याकारिणी सभाको उप–महामन्त्री हुने बितिकै अर्को कुनै संघ संस्थामा आवद्ध भइ जिम्मेवारी लिनु वा कार्य गर्नु हुँदैन भन्ने धाराणाले लोकतान्त्रितक मूल्य मान्यतालाई आत्मसाथ गर्न सक्दैन । मेरो व्यक्तिगत स्वतन्त्रताको हक अधिकार भएकै आधारमा थरुहट आन्दोलनको माग मुद्दा एवं सवालप्रति सचेत नागरिकको हिसाबले गम्भिर हुँदै “एकता, मोर्चाबन्दी, साझा मुद्दा र साझा आन्दोलन” गर्ने उद्धघोषका साथ २०७६ जेठ १८ गते शनिबार काठमाण्डौमा “थारु राष्ट्रिय सम्मेलन तयारी तर्दथ समितिको” आयोजना सम्पन्न भएको भेलबाट विधिवत एवं सर्वसम्मतिले मलाई “थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको” संयोजकको जिम्मेवारी दिएका हुन् । यसरी जिम्मेवारी लिदा मैले आफुलाई थरुहट÷थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको आधिकारिक संयोजकको दाबी वा भएको वा लिएको होइन । यो त थरुहट थारुवान राष्ट्रिय सम्मेलनका लागि तयारी समिति मात्रै हो । कैलालीको टिकापुरमा २०७६ भदौ ७, ८ र ९ गते हुनगईरहेको थरुहट थारुवान राष्ट्रिय सम्मेलनबाट यस भन्दा अगाडि स्थापित भएका संघर्ष समिति, मोर्चा संग दुरुस्तै मिल्ने गरी नाम राख्ने पक्षमा पनि हामी छैनौं ।
यसरी सम्मेलन आयोजना गर्दा “थारु कल्याणकारिणी सभा” तथा “थरुहट÷थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको” नाम, ब्यानर, सील छापसंग दुरुस्त मेल खानेगरी कहीँ कतै प्रयोग वा दुरुपयोग गरेको पनि छैन । यसैगरी सभाको विधान, नीति, निर्णय, नियम र लक्ष्य विपरित प्रत्यक्ष परोक्ष प्रतिकूल असर पुग्नेगरी कार्य गतिविधिहरु पनि गरेको छैन । बरु यस तयारी समितिबाट थाकस एवं थरुहट÷थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको संघर्षका हरेक गतिविधिमा बल पुग्नेगरी सक्रिय साथ, समर्थ एवं सहयोग पु¥याउदै अगाडि बढ्ने प्रतिवद्धता सहित हाम्रो संघर्षको योजना रहेको जानकारी अनुरोध छ ।
मुलुकको वर्तमान राजनीतिक परिस्थिति एवं अवस्थाहरु एकदमै जटिल एवं प्रतिकूल भएको हुनाले थरुहट आन्दोलनका माग मुद्धाहरु पुरा गराउन संघर्षको बाटो एकदमै चुनौतीपूर्ण एवं पेचिलो बन्दै गएको अवस्था छ । अतः सबै माग मुद्दा मिल्ने थारु संघ संस्था संगठन, राजनीतिक दल, नेता, जनप्रतिनिधि, अभियन्ता, अगुवा, बुद्धिजिवी, समाजसेवी, पत्रकार, महिला, किसान, बरघर, मजदूर, यूवा तरुण, विद्यार्थी लगायत आम थरुहटबासी आदिलाई एकताको सुत्रमा गोलबन्द गरी सशक्त एवं प्रभावकारी संघर्षको बाटो तय गर्ने प्रतिवद्धताका साथ चौतर्पिm स्वतःस्फूर्त जुर्मुराएर उठ्न जरुरी छ । यसका लागि हामीले थरुहट तराईबासीमा विश्वासको वातावरण बनाउदै “एकता, मोर्चाबन्दी र साझा आन्दोलन” अभियानलाई सार्थक परिणाममुखी बनाउनका लागि प्रयासको थालनी गरेका छौं । यीसबै उठेका शक्तिहरुलाई गोलबन्द्ध गर्दै थारु कल्याणकारिणी सभा वा थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले नै नेतृत्व लिदै जिम्मेवारी लिनुपर्छ भन्ने मेरो मान्यता एवं धारणा रहेको छ । यसका लागि थाकस र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको छाती फाराकिलो र दील उदार बनाएर नेतृत्व लिन अगाडि बढनुपर्छ । यसरी बिचार, मत, विमत, सल्लाह सुझाव, धारणा फरक राख्दैमा थारु कल्याणकारिणी सभाको विधान, नीति, निर्णय, नियम र लक्ष्य विपरित वा थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको कार्यविधि, अवधारणा, आचारसंहिता, निर्णय विपरित थारु समुदायको एकतामा खलल् पु¥याउने गरी फुट को बिऊ रोप्नु भन्ने आरोप लगाउनु सरासर गलत, अन्याय एवं न्यायोचित होइन भन्ने मेरो अनुरोध छ।

३) “थरुहट थारुवान राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समिति” स्थापना भइसकेपछि “थारु कल्याणकारिणी सभा” र “थरुहट÷थारुवान संयुक्त संघर्ष समिति” विषयमा विभिन्न भ्रम, अफाव, टिका, टिप्पणी, बहसहरु उत्पन्न हुन थालेपछि यस सम्बन्धमा आवश्यक छलफल संवाद गरी स्पष्ट पार्न÷बुभ्mनका लागि सभाका महामन्त्री श्री प्रेमीलाल चौधरीको संयोजनमा २०७६ जेठ २२ गतेका दिन सौराहा रेष्टुरेष्ट आलोकनगर काठमाण्डौमा आदरणीय अध्यक्ष धनिराम चौधरी, महामन्त्रीज्यूसंग साँझ करिब ७ः३० बजे देखि १०ः३० बजेसम्म सौहाद्र्धपूर्ण वातावरणमा गम्भिरतापूर्वक छलफल भएको जानकारी गराउन चाहन्छु ।
अनौपचारिक यस छलफलमा मैले अध्यक्ष एवं महामन्त्रीज्यूलाई थाकस र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिलाई कुनै बाधा व्यवधान एवं असर नपुग्नेगरी सदैव साथ समर्थन एवं सहयोग गर्दै कार्यगर्ने प्रतिवद्धता जाहेर गरिसकेको छु । साथै थाकसको विधान संशोधन, संघर्ष समितिको नेतृत्व, संरचनागत सुधार, संघर्षका कार्यक्रम तय, जिम्मेवारी बहन तथा बाँडफाँडमा आप्mनो तर्फबाट मौखिक सुझाव पेश गर्दै, थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितबाट घोषण भएको टिकापुर सम्मेलनलाई थारु कल्याणकारिणी सभा वा थरुहट÷थारुवान संयुक्त संघर्ष समितिबाट नेतृत्व एवं आयोजना गर्न आग्रह समेत गरिसकेको छु । यसमा नेतृत्व वा पहल लिए हामीले सदैव सकारात्मरुपले साथ, समर्थन, सहयोग गर्ने प्रतिवद्धता समेत गरिसकेको छु ।
अध्यक्ष र महामन्त्रीज्यूले यस बसाइँमा भएका संवाद छलफललाई सकारात्मकरुपमा लिदै पुनः अर्को बैठक छलफल संवाद गर्ने भन्नु भएको थियो । सोही अनुरुप महामन्त्रीलाई २०७६ असार २५ गते शनिबार फोन संवाद गरी छलफलको लागि अध्यक्ष सहितको उपस्थितिमा समय उपलब्ध गराउन अनुरोध गरेको थिए । महामन्त्रीज्यू आफु काम विशेषले जनकपुर आएको र काठमाण्डौ फर्के पश्चात बसौंला भन्नु भएको थियो । थाकस र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा २०७६ असार २५ गते थरुहट बैठक जनकपुरमा सम्पन्न गर्दै ज्ञापन पत्र समेत बुझाइयो तर सभाको पदाधिकारी भएर पनि कुनै जानकारी नपाएको अनुरोध गर्न चाहन्छु ।
प्रत्यक्षरुपमा भेटघाट, छलफल संवाद नभएको महिना दिन बित्न लागेपछि यसप्रति चिन्तित हुँदै अध्यक्ष एवं महामन्त्रीलाई थप छलफल संवाद गर्न पटक पटक फोन संवाद र म्यासेजबाट आग्रह गर्दा पनि छलफल संवादको लागि समय र उचीत वातावरण बन्न सकेको अवस्था छैन । यसका लागि अध्यक्ष ज्यूलाई २०७६ असार १७ गते दिउँसो सम्पर्क गर्दा उपचारको लागि हस्पिटल गइरहेको फुर्सद भएसी खबर गर्छु भन्नु भयो । तर के कति कारणले हो खबर पाउन सकेन ⁄ त्यसैगरी महामन्त्रीलाई पनि दिउँसो र साँझ ७ः४६ बजेसम्म पटक÷पटक फोन संवाद एवं म्यासेजबाट समय मिलाउन लागि आग्रह गर्दा अध्यक्षज्यू उपचारको लागि जानु भएको छ सम्पर्कमा आएसी खबर गरी बसौंला भन्नु भयो तर हालसम्म पनि छलफल संवाद गर्ने वातावरण किन ? के कारणले ? बन्न नसकेको हो मैले बुभ्mन सकेको छैन ⁄ थरुहट थारुवान राष्ट्रिय सम्मेलन निर्माण भए पश्चात थाकस र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको विषयलाई लिएर बढ्दै गएको असम्झदारी, भ्रम, अफाव, टिका, टिप्पणीको निकास छलफल, संवादबाट समाधान गर्न सकिन्छ भन्ने मेरो धारणा÷मान्यता रहेको छ । कुनै पनि समस्या समाधान गर्नका लागि इच्छाशक्ति र तत्परताको जरुरत देखिन्छ । यसका लागि थाकस र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिसंग औपचारिक रुपमा “थरुहट आन्दोलनको सम्बन्धमा छलफल संवाद गर्नका” लागि मेरै संयोजकत्वमा संवाद समिति गठन गरी आवश्यक निर्णय लिन तत्पर रहेको व्यहोरा अनुरोध छ ।

४) थरुहट थारुवान राष्ट्रिय सम्मेलन निर्माण भए पश्चात थारु कल्याणकारिणी सभा र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको विषयलाई लिएर उत्पन्न भएको समस्या, भ्रम, अफाव, टिका टिप्पणीलाई छलफल संवाद बैठक गरी आवश्यक निर्णय लिनका लागि मैले फोन संवाद तथा म्यासेज (शन्देश) बाट अनुरोध गर्दा पनि समय उपलब्ध हुन नसकेपछि “थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिबाट” २०७६ असार ८ गते पत्र संख्या २०७६÷०७७ च.न. ०९ बाट छलफल संवादको लागि थरुहट÷थारुवान संयुक्त संघर्ष समितिका संयोजक एवं थारु कल्याणकारिणी सभाका अध्यक्ष श्री धनिराम चौधरीज्यूलाई आग्रह गर्दै लिखित पत्र पठायौं तर सो सम्बन्धमा हालसम्म पनि कुनै क्रिया प्रतिक्रिया एवं सुनुवाई नभएको व्यहोरा अनुरोध छ ।

५) अनुशासन तथा जाँचबुझ समितिका सदस्य श्री नेम सिंह थारु ज्यूले २०७६ असार ११ गते बुधबार बिहान ७ः४७ बजे मसंग फोन सम्पर्क गरी सोही दिन अनौपचारिक एवं व्यक्तिगत हिसाबले छलफल संवादका लागि बस्न पहल गर्नु भएको थियो । सोही पहलको आपसी सहमती अनुसार तपाई स्वयं संयोजक श्री मान बहादुर चौधरी र सदस्य श्री नेम सिंह थारुसंग दिनको करिब २ः२० देखि ३ः५५ बजेसम्म थारु विद्यार्थी समाजको केन्द्रीय कार्यालय बागबजारमा सौहाद्र्धपूर्ण वातावरणमा एकदमै सकारात्मक तवरले छलफल संवाद भएको विदितै छ ।
यस अनौपचारिक छलफला क्रममा पनि अध्यक्ष एवं महामन्त्रीसंग भए गरिएका संवाद तथा कार्यहरु यहाँहरु समक्ष निवेदन गर्दै आवश्यक पहल लिन आग्रह समेत गरेको थिए । साथै यहाँहरुले राख्नु भएको सवाल, जिज्ञाशा, सल्लाह, सुझावहरुप्रति मैले सकारात्मकरुपमा आत्मसाथ गर्दै स्पष्ट गरिसकेको कुरा यहाँहरुमा अवगतै छ । तपाइँ संयोजक र सदस्यज्यू समक्ष मैले राखेको धारणा, विचार, प्रस्ट्याँइलाई यहाँहरुले सकारात्मक रुपमा लिनु भएको थियो । त्यसैगरी यसै समितिका सदस्य श्री रामराज चौधरी संग २०७६ असार १४ गते बिहान करिब १०ः३० बजे उहाँकै निवास इटहरीमा भेट्दा उहाँले राख्नु भएको मौखिक जिज्ञाशा, सल्लाह, सुझावलाई पनि आत्मसाथ गर्दै मैले थाकस वा थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको कार्य गतिविधिहरुमा कुनै असर नपु¥याउने गरी कार्य गतिविधि गर्ने आप्mनो धारणा स्पष्ट पारिसकेको व्यहोरा अनुरोध छ ।

६) काठमाण्डौमा २०७६ जेठ १८ गते सम्पन्न भएको “थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी भेलाको” म्यान्डेड अनुसार र केन्द्रीय तयारी समिति एवं सचिवालको बैठकको निर्णय अनुसार कैलाली, उदयपुर आदि जिल्लाहरुमा “थरुहट थारुवान राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समितिको” आयोजनामा जिल्ला भेला सम्पन्न गराएका हौं । यसरी भेला गर्दा कहीँ कतै पनि “थारु कल्याणकारिणी सभा” र “थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको” नाम, व्यानर, लोगो, संस्थाको सील छाप, पदीय जिम्मेवारीको दुरुपयोग गरेको छैन । कार्य गतिविधिहरुको दर्वियानमा कहीँ कतै बिचार, धारणा, मन्तव्य राख्दा गौरवशाली यस संस्था तथा संघर्ष समितिलाई प्रतिकूल असर पुग्नेगरी अभिव्यक्ति पनि दिएको छैन । न त त्यस संस्थाको नाममबाट कुनै कार्य गतिविधिहरु गरेको छु । न त गराएको छु । यसको सबुद प्रमाण फोटो, प्रयोग गरिएको व्यानर, मोबइल अडियो, भिडियो रेकर्ड तथा विभिन्न दस्तावेजहबाट यथार्थ सत्य के हो ? यहाँहरुले हेरी तथा जाँच बुझ गरी पत्ता लगाउन सक्नु हुनेछ । आवश्यक भए ठानिएका सबै सबुद् दशी प्रमाण, आधारहरु यहाँहरु समक्ष मैले पेशगर्न सक्नेछु ।
त्यसैगरी थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको २०७६ असार २१ र २२ गते काठमाण्डौमा कुनैपनि कार्यक्रम तथा भेला नभएको हुनाले अनुशासन तथा जाँचबुझ समितिले पत्रमा उल्लेख गरे अनुसार थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले काठमाण्डौमा जिल्ला भेलाको लागि व्यापक प्रचार प्रसार गराएको समितिले जाँच बुझ गर्दा तथ्य प्रमाणहरुबाट पुष्टी हुन गइरहेको आरोपप्रति खण्डन गर्दै माथि उल्लेख भए अनुसारको व्यहोरा यथार्थ एवं सत्य प्रमाण, आधार भएको स्पष्ट रुपमा पेश गर्न चाहन्छु ।

७) थारु कल्याणकारिणी सभाको विधान, निर्णय, नियम अनुसार सभाको उद्देश्य र लक्ष्य प्राप्तीका हर कार्यक्रममा मेरो सक्रिय साथ समर्थन, सहयोग एवं पदीय जिम्मेवारी अनुरुपको भूमिका एवं दायीत्व निर्वाह निरन्तर गरिरहेको निवेदन गर्दै आगामी दिनमा पनि यसप्रति प्रतिवद्ध भई लागिपर्ने विश्वास दिलाउन चाहन्छु ।

८) यसर्थ अनुशासन तथा जाँचबुझ समितिले स्पष्टीकरण सोधी पठाइएको पत्रको व्यहोरा अनुरुप स्पष्टीकरणको मैले पेश गरेको जवाफमा माथि उल्लेखित आधार, कारण र प्रमाणहरु भएको हुनाले थारु कल्याणकारिणी सभाको विधान २०६३ को दफा २१ बमोजिम उप–महामन्त्रीको काम, कर्तव्य र अधिकार पालना नगरेको, श्रीमान् अध्यक्ष एवं महामन्त्रीले तोकेको काममा सहयोग नगरी सभाको विधान, नीति, निर्णय, नियम र लक्ष्य विपरित कार्य गरेको भनि दफा १४ को उपदफा ४, ५ र ७ बमोजिम पद अनुसारको आचरण नगरेको भनि किन कारबाही नगर्ने ? अनुशासन तथा जाँचबुझ समितिको आरोप निराधार हो । यसर्थ सोधी पठाइएको स्पष्टीकरणको व्यहोरा अनुसार बिस्तृतरुपमा आधार, कारण र प्रमाण स्पष्ट खुलाई निर्धारित समय भित्र स्पष्टीकरण पेश गरिएको व्यहोरा अनुरोध छ ।

मिनराज चौधरी
(उप–महामन्त्री)
थारु कल्याणकारिणी सभा
केन्द्रीय कार्य समिति

Leave a Reply

Your email address will not be published.