बेलौरीमा निर्माणधीन थारु छात्रावासको लागि युवाले गरे श्रमदान

कञ्चनपुरको बेलाैरीमा निर्माणाधीन थारु छात्रावासमा युवाहरूले श्रमदान गरेका छन्। आफ्नो समुदायको लागि निर्मण भइरहेको छात्रावासको लागि बेलाैरीका थारू युवाहरूले श्रमदान गरेका हुन्।

छ काेठाको निर्माणधीन भवनकाे बिम बान्ने काम भइरहेको र त्यसकै लागि थारू युवाहरूले श्रमदान गरेको रेशम चौधरीले जानकारी दिए।

बेलाैरीका नगर प्रमुख पाेतीलाल चाैधरीसहित अन्य स्थानीय युवाहरूले समेत श्रमदान गरेकाे चौधरीले जानकारी गराए। उक्त छात्रावास बेलाैरी नगरपालिकाकाे आर्थिक सहयोग र स्थानीयको श्रमदानबाट बनिरहेको हो। बलौरी नगरपालिकाले छात्राबासको लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याएको छ।

Leave a Reply

Your email address will not be published.