राधा ज्ञवालीले माफी मागिनन्, गंगा सत्गौंवाले झुटो बोलिन् [भिडियोसहित]

तराईका अधिकांश जग्गा थारुको नाममा रहेको र उनीहरु भारतीय भएको अभिव्यक्ति दिने नेकपाकी सांसद राधा ज्ञवालीले थारुसँग माफी माग्नुको सट्टा समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध खेद प्रकट गरेकी छन्। उनले संसदको शुन्य समयमा बोल्दै पित पत्रकारिता गरेर आफूलाई बदनाम गराएको आरोप लगाइन्।

उक्त अभिव्यक्ति सार्वजनिक भएपछि थारु सम्बद्ध संघसंस्थाले सार्वजनिकरुपमा माफी माग्न चेतावनी दिएको थियो। तर सांसद ज्ञवालीले थारुसँग नभई जनतासँग आफू पीडित भएको बताइन्। ‘एक अनलाइनले गलत सूचना प्रवाह गरेकाले त्यसलाई सच्याउन आग्रह गर्न चाहन्छु। त्यसले जनताप्रति पुर्याएको भ्रमप्रति म पीडित छु,’ उनले भनिन्।

सांसद ज्ञवालीको बचाउ गर्दै नेकपाकै थारु सांसद गंगा सत्गौंवाले कमेन्टमार्फत् माननीय राधा ज्ञवालीले शून्य समयमा आम थारु समुदायसँग माफी मागेको उल्लेख गरेकी छन्। तर सांसद ज्ञवालीले थारु शब्द उच्चारणसमेत गरेकी छैनन्। हेर्नुस् सांसद गंगा सत्गौंवाको कमेन्ट।

हेर्नुहोस् सांसद राधा ज्ञवालीले बोल्नुभएको मन्तव्य।

Leave a Reply

Your email address will not be published.