विन्दास मिडिया अवार्डमा खेम र समीक्षा भए उत्कृष्ट गायक गायिका

नेपाल आइस विन्दास म्युजिक अवार्ड २०७६ ले विभिन्न १८ विधामा कलाकारहरुलाई सम्मान गरिएको छ। घोडाघोडी मिडिया सञ्चार समूह (बिन्दास मिडिया)ले १८ विधामा राष्ट्रिय स्तरका थारु म्युजिक अवार्डबाट सम्मानित गरेको हो।

विन्दास अवार्डबाट सम्मानित हुनेहरुमा सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष) तिर खेम चौधरी(सितरी बयाल), आधुनिक गायन (महिलाा) समीक्षा चौधरी, लोक गीत गायन (पुरुष) राजु चौधरी (लेहङगा फरिया), लोक गीत गायन (महिला) समीक्षा चौधरी, सर्वोत्कृष्ट पप गायन (पुरुष) रोशन रत्गैँया, पप गायन (महिला) अन्जु कुश्मी, फिल्म स्कृप्ट लेखक राजकुमार श्रेष्ठ, फिल्म निर्देशक चन्द्र चौधरी (चाँद), म्युजिक भिडियो निर्देशक मुन्ना लभ कुश्मी, छायाँकनमा जितु चौधरी, दृश्य सम्पादनमा शाहिल चौधरी सम्मानित भएका छन्।

त्यसैगरी नव प्रतिभा (पुरुष) तिर राजेश चौधरी, नव प्रतिभा (महिला) सृजना चौधरी, सर्वोत्कृष्ट गीत सोल्हा सृंगारका सुवेश कठरिया, सर्वोत्कृष्ट गीतकार सुवेश कठरिया, मोडल (पुरुष) देवदास चौधरी, मोडल (महिला) सुशिला कार्की र युगल मोडलमा राजकुश्मी र अन्जु कुश्मीलाई सम्मानित गरेको हो ।

अवार्डका लाग थारु कलाकार संघका केन्द्रिय अध्यक्ष विनय वैद्य, थारु लेखक सुशील चौधरी, थारु महालोक गायक मनिराम चौधरी, नृत्य निर्देशक सुधराम दहित र रामप्रसाद चौधरी लगायत पाँच सदस्यीय समिति गठन गरिएको थियो । अवार्डका लागि ४० प्रतिशत भोटिङ, १० प्रतिशत आयोजक र ५० प्रतिशत निर्णायक मण्डल (जुरी मेम्बर)बाट छनौट गरिएको थियो । अवार्डका लागि ४८ जना थारु कलाकार सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published.