टीकापुरमा बृहत भेला गर्न आह्वान, संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै

थारु अभियन्ता सुरेन्द्र चौधरीले थारु कल्याणकारिणी सभा र थरुहट थारुवान संयुक्त संघर्ष समितिको बैठक टीकापुरमा बोलाउन माग गरेका छन्। टीकापुर घटनामा कैलाली जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको भन्दै उनले थारु सम्बद्ध सम्पूर्ण संघसंस्थाले टीकापुर बृहत् भेला गरी आन्दोलन घोषणा गर्नुपर्ने बताए।

‘म यतिबेला बर्दियामा छु। टीकापुरको जनमत पाएका रेशम चौधरीलगायत ११ जना थारुलाई अदालतले जन्मकैद सजाय सुनाएको छ। थारुलाई अदालतले पनि अन्याय गरेको छ। यो अन्यायविरुद्ध सबै थारुहरु आन्दोलनमा होम्मिनैपर्छ। त्यसैले टीकापुरमा बृहत् भेला आयोजना गरियोस्,’ उनले भने।

यता थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ। समितिका तर्फबाट रुक्मिणी चौधरीले यो अदालतको फैसला अमान्य रहेको बताउँदै पत्रकार सम्मेलनको आयोजना गरेको बताइन्।

Leave a Reply

Your email address will not be published.