खिचरा महोत्सवमा जलेश्वर चौधरीलाई सहयोग संकलन

कारी महतो/चितवन।
साउदीमा ब्लडमनिको अभावमा अलपत्र परेका खैरहनी नगरपालिका वडा नं. १०, गोठौलीका जलेश्वर चौधरीलाई सकुशल स्वदेश फिर्ता ल्याउनका लागि छैठौ खिचरा महोत्सवमा जलेश्वर बचाऊ अभियान, सहयोग संकलन कार्यक्रम सञ्चालन गरिएको छ ।

चितवन जिल्ला घर भई हाल बहराइनमा कार्यरत संगम चौधरी, सन्त कुमार चौधरी, विष्णु चौधरी, नन्द प्रसाद महतो, विश्वास महतो लगायतको सक्रियतामा संकलन गरिएको रकम आज कठार १० की लौमी चौधरीमार्फत प्राप्त भएको ८० हजार ६ सय २० रुपैया नगद रकम जलेश्वर चौधरीका आमा मलुई चौधरीलाई हस्तान्तरण गरिएको छ ।

यसैगरी महोत्सवको समुदघाटन समारोहमा सियन चौधरी र शान्ति चौधरीले बेल्जियमबाट कठार १०, बडगाउँका प्रेम कुमार चौधरी मार्फत २१ हजार रुपैयाँ तथा मलेसियामा कार्यरत जितेन्द्र चौधरी र साथीहरुले खैरहनी ५ का छनिया चौधरी मार्फत् ३६ हजार ७६० रुपैयाँ जलेश्वरका बुबाआमालाई हस्तान्तरण गरिएको छ । महोत्सवमा आर्थिक संकलन अभियान जारी रहेको छ । महोत्सवको मूलद्वारभित्र दानपेटिका राखेर आर्थिक सहयोग संकलन समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published.