थाकस युएईद्वारा दुबईमा मनाइयो भब्य माघी कार्यक्रम

थारु कल्याणकारिणी सभा युएईले थारुहरुको नयाँ वर्ष माघलाई भब्यरुपमा मनाएको छ। युएईको दुबईस्थित रेनट्री रोल्ला होटलमा गत पुस २७ गते आयोजित कार्यक्रममा दुई सयभन्दा बढी थारुहरु सहभागी थिए। कार्यक्रममा थारु झाकी विशेष आकर्षण बनेको थियो। प्रवासमा बसेपनि युएईका थारुहरुले कला, सँस्कृतिलाई जगेर्ना तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विशेष भूमिका खेल्दै आएको छ।


यस वर्षको कार्यक्रममा नेपालबाट आएका गायक श्रीनिवास चौधरी, प्रदर्शनको तयारीमा रहेको थारु फिल्म भुरभुरा रहरको टिम र युएईमै भविष्य खोज्दै आइपुगेका गायक केशव राज महतो विशेष आकर्षण बनेका थिए। श्रीनिवास चौधरीले आफ्ना चर्चित थारु गीतहरुमार्फत् दर्शकलाई झुमाए। त्यस्तै केशव राज महतोले आफ्नो जादुमय उद्घोषणले सबैको मन जिते। उनले पनि आफ्नो गायनमार्फत् दर्शक झुमाए।
भिडियो हेर्नुस्:

सोही अवसरमा भुरभुरा रहरको पहिलो गीत प्रिमियर गरिएको थियो। प्रणव आकाशको शब्द, सीएल चौधरीको संगीतमा समीक्षा चौधरीले गाएको रंग बिरङ रहर गीतको प्रिमियर गरिएको थियो। प्रिमियरपछि निर्देशक मदन चौधरीले फिल्मबारे प्रकाश पारेका थिए। मौलिक पहिचान बोकेको थारु फिल्महरु बिरलै बन्नेगरेको भन्दै सबै थारुहरुलाई फिल्म हेरिदिन उनले आग्रह गरेका थिए। दशैं तिहारमा सख्या नाच्न नपाउँदा एउटा किशोरीले भोगेको मनोविज्ञानलाई फिल्ममा देखाउन खोजिएको निर्देशक चौधरीले जानकारी दिए। सो अवसरमा निर्माता रामलाल चौधरीले माघ पर्वको बारेमा जानकारी गराएका थिए।
रंग बिरङ रहरको लिरिकल भिडियो


कार्यक्रममा थाकस युएईले चार जना पाहुनालाई सम्मान गरेको थियो। भुरभर रहरका निर्माता रामलाल चौधरी, निर्देशक मदन चौधरी, गायकद्वय श्रीनिवास चौधरी र केशव राज महतोलाई दोसल्ला र तामापत्रसहित सम्मान गरिएको थियो।


सोही कार्यक्रममा थाकस युएईको नयाँ कमिटी घोषणा गरिएको थियो। कमिटी भने यसअघि नै गठन गरिएको थियो। जसमा रुपेश चौधरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ। जसको उपाध्यक्षमा बासुदेव चौधरी, लालबहादुर चौधरी र खोरबहादुर महतो छन्। त्यस्तै महासचिवमा खेम महतो, सचिवमा धर्मराज महतो, कोषाध्यक्षमा जितेन्द्र महतो, सहकोषाध्यक्षमा भुपेन्द्र थनेत, साँस्कृतिक विभाग प्रमुखमा तुलसी महतो र चुरामणि महतो, प्रचार प्रसार विभागमा रोशन महहतो, महिला विभागमा पवित्रा महतो, बचत कोष विभागमा कृष्ण चौधरी छन्।
त्यस्तै सदस्यमा शिब नारायण थारु, अनिल चौधरी, संजय चौधरी, सुरेश चौधरी, जुनु चौधरी, शान्ति चौधरी, धन गुरौ, ताराप्रसाद महतो, यम नारायण महतो, केवश सिंश चौधरी, जानकी महतो, रुपेश महतो, तारा थनेत, भागी चौधरी, वीरबहादुर चौधरी, बलबहादुर चौधरी, प्रवेश चौधरी र धनिराम चौधरी छन्।

Leave a Reply

Your email address will not be published.