संविधान दिवसको भब्य समारोहमा जब शान्ता चौधरी बेहोस् भइन्

टुँडिखेलमा संविधान दिवसको अवसरमा कार्यक्रम भब्य चलिरहेको थियो। विभिन्न चरणका कार्यक्रमहरु भइरहेका थिए । कार्यक्रममा उपस्थित उच्च पदस्थहरु कार्यक्रममै ध्यानमग्न थिए। सांसद, कलाकार, विद्यार्थी, पत्रकारदेखि आम सर्वसाधारणहरु उपस्थित थिए। बुधबार बिहानैदेखि चर्को घाम पनि थियो ।

समारोहको रौनक तात्दै गर्दा नेकपाकी सांसद एक्कासी लडिन् । नेकपा संसदीय दलकी सचेतक समेत रहेकी सांसद शान्ता चौधरी कार्यक्रमको क्रममा बेहोस भइन्।

चर्को घाम लागेको ठाउँमा केही समय बसेको र न्यून रक्तचापका कारण चौधरी बेहोस भएको चिकित्सकले बताएका छन् । उनको सचिवालयकाअनुसार लामो समयदेखि चौधरी न्युन रक्तचापले समस्यामा छिन्।

गृह मन्त्रालयको आयोजना रहेको सो कार्यक्रममै सांसद बेहोस भएपछि सेनाको एम्बुलेन्स टुँडिखेल पुगेको थियो । सेनाको एम्बुलेन्समा आएका डाक्टरले शान्ताको जाँचा गरी औषधि दिएको थियो । केही समयको आरामपछि सांसद चौधरीलाई केही सुधार भएपछि डेरामा आराम गरिरहेकी छन्।

Leave a Reply

Your email address will not be published.