प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानद्वारा दुई थारु पत्रकारसहित पाँच जना सम्मानित

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले दुई थारु पत्रकार लक्की चौधरी र प्रदीप लेखीसहित पाँच जनालाई सम्मान गरेको छ । सो प्रतिष्ठानको नवौं स्मृतिसभाको अवसरमा विभिन्न विधा र क्षेत्रमा योगदान पुर्याएकालाई एकसाथ सम्मान गरेको हो।

सम्मानित हुनेमा पत्रकारिता क्षेत्रबाट गोरखापत्रका उपसम्पादक चौधरी, कान्तिपुर टेलिभिजनका संबाददाता प्रदीप लेखी (खेलकुद), रेखा भट्टराई (गायन), रमेश कोइराला (निर्देशन) र अमृत मरहठ्ठा (शृंगार) छन्।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी तथा प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीले सम्मानपत्र तथा दोसल्ला ओढाएर उनीहरुलाई सम्मानित गरे। पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्रीसमेत रहेका प्रभुनारायण चौधरीको २०६७ भदौ २९ गते निधन भएको थियो। उनको स्मृतिमा २०७० मा प्रतिष्ठान गठन गरिएको थियो।

पकली ६, सुनसरीमा १९९९ साउन २६ गते जन्मिएका चौधरी निरंकुश राजतन्त्रको अन्त्य तथा मुलुकमा प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि अनवरत योगदान दिएका थिए।

Leave a Reply

Your email address will not be published.