नवनियुक्त मन्त्रीद्वारा शपथग्रहण

oath_sushil_cabinetकाठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रिमण्डलका सदस्यलाई राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री कोइरालाले पहिले उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहलाई र पछि मन्त्रिमण्डलका अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए। समारोहमा उपराष्ट्रपति, संविधानसभाका अध्यक्ष, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवं विभिन्न राजनीतिक दलका नेताको पनि उपस्थिति थियो।

लामो विवाद र बैठकपछि दुबै पार्टीले दस-दस जना मन्त्रीको नाम टुंगो लगाएको थियो। सुशील कोइराला पक्षधरमा पद्मनारायण चौधरी मन्त्रीको सूचीमा रहेपनि अन्तिम समयमा उनको सट्टा कांग्रेसले अरुलाई पठाएको थियो।

मन्त्रिमण्डलको नामावली र कार्यविभाजन :
सुशील कोइराला– प्रधानमन्त्री महिला, बालबालिका तथा समाजकल्याण, रक्षा, वाणिज्य तथा आपूर्ति, विज्ञान, प्रविधि तथा वातावरण, शान्ति तथा पुनःनिर्माण र सहकारी तथा गरिबी निवारण
वामदेव गौतम– उपप्रधानमन्त्री गृह
प्रकाशमान सिंह– उपप्रधानमन्त्री सङ्घीय मामिला तथा स्थानीय विकास
डा रामशरण महत– मन्त्री अर्थ
विमलेन्द्र निधि– मन्त्री भौतिक पूर्वाधार तथा यातायात
नरहरि आचार्य– मन्त्री कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला
महेश आचार्य– मन्त्री वन तथा भूसंरक्षण
चित्रलेखा यादव– मन्त्री शिक्षा
डा मीनेन्द्र रिजाल– मन्त्री सूचना तथा सञ्चार
राधाकुमारी ज्ञवाली– मन्त्री ऊर्जा
नारायणप्रकाश साउद– मन्त्री सिँचाइ
डा नारायण खड्का– मन्त्री सहरी विकास
महेन्द्रबहादुर पाण्डे– मन्त्री परराष्ट्र
खगराज अधिकारी– मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
भीमप्रसाद आचार्य– मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उ•यन
लालबाबु पण्डित– मन्त्री सामान्य प्रशासन
दलबहादुर राना– मन्त्री भूमिसुधार तथा व्यवस्था
कर्णबहादुर थापा– मन्त्री उद्योग
हरिप्रसाद पराजुली– मन्त्री कृषि विकास
पुरुषोत्तम पौडेल– मन्त्री युवा तथा खेलकुद
टेकबहादुर गुरुङ– राज्यमन्त्री श्रम तथा रोजगार

Leave a Reply

Your email address will not be published.