अटवारी पर्वमा सार्वजनिक विदा दिने निर्णय

प्रदेश नम्बर ७ प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा भदौ ३१ गते प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अटवारी पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । यसअघि, अटवारी पर्वको सार्वजनिक विदा दिइनु पर्ने माग गर्दै थारु समुदाय सम्बद्ध संघ संस्थाले केहि दिन अगाडि प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

भदौ ३१ गते पर्न गएको अट्वारी पर्वमा एक दिन सार्वजनिक विदाको माग गर्दै प्रदेश नं. ७ का आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहमार्फत मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published.