थाकस बाराको सभापतिमा पुनः रामप्रसाद चौधरी चयन

थारु कल्याणकारिणी सभा (थाकस) बाराको ८‍औं अधिवेशनले पुनः रामप्रसाद चौधरी नेतृत्वमा सर्वसहमतिबाट नयाँ कार्यसमिति चयन गरेको छ। बाराको कोल्हबी नगरपालिकाको कक्रीस्थित गाउँमा भएको अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। 

जसको सदस्यहरुमा सुमित्रा देवी चौधरी, बासुप्रसाद चौधरी, प्रकाश पंजियार, रीता देवी चौधरी, महेशी कुमार, संजय कुमार चौधरी, भोजराज चौधरी, वृजनारायण चौधरी र मीना चौधरी छन्।

त्यस्तै केन्द्रीय प्रतिनिधिमा गिरधारी चौधरी, मधुसुदन चौधरी, श्रीदेवी चौधरी र सुरेन्द्र प्रसाद चौधरी छन्।

 

Leave a Reply

Your email address will not be published.