थारू समुदायबारे शोध गरेका पण्डितलाई मिथिला विश्वविद्यालयको विद्यावारिधि प्रदान

भारतको ललितनारायण मिथिला विश्वविद्यालय दरभंगाले धनुषाका रामसागर पण्डितलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

विदेह नगरपालिका– ७ बेलापट्टीका पण्डितलाई ‘फर्टिलिटी प्याटर्न अफ थारू कम्युनिटी’ विषयक अनुसन्धानका लागि विद्यावारिधि प्रदान गरिएको हो ।

धनुषालाई मुख्य अध्ययन अनुसन्धानको केन्द्र बनाउँदै आएका उनले थारू समुदायको प्रजनन दरको अवस्था तथा उच्च प्रजनन दर घटाउने उपायबारे शोध गरेका छन् । त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक पदबाट अवकाश प्राप्त पण्डित हाल पुस्तक लेखनमा सक्रिय छन्।

Leave a Reply

Your email address will not be published.