बर्दियाका ८३ मुक्तकमैयाको यसैवर्ष पुनस्थापना गरिने : उपसभामुख थारु

प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारुले बर्दियामा पुनस्थापना हुन बाँकी ८३  मुक्तकमैयाँ परिवारहरुको यसैवर्षभित्र पुनस्थापना हुने बताएकी छन्। बर्दियाको गुलरियामा कमैया महिला जागरण समाज नेपालको आठौं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले अब कोही कमैया बस्न नहुने बताइन्।

उपसभामुख थारुले प्रदेश नम्बर ५ सरकारले पहिलो र दोस्रो अधिवेशन गरेर प्रदेश सभामा विभिन्न विषयका १६ वटा विधेयक पेश गरी १५ वटा विधेयक पास गरिसकेको जानकारी गराइन्।

आफू कमैया महिलाहरुको प्रतिनिधित्व गर्दै अहिले निर्णयक तहमा पुगेकोले मुक्तकमैया, महिला, कमलहरीहरुको लागि जीविकोपार्जनका कार्यक्रमहरु पनि ल्याउने प्रतिबद्धता जनाइन्। गरिब बिपन्न तथा मुक्तकमैया कमलहरीहरुका लागि माछा मारेर दिने होइन, माछा मार्ने जाल दिने खालका कार्यक्रमहरु ल्याउने बताइन्।

Leave a Reply

Your email address will not be published.