नेकपा बारा अध्यक्षमा देवनारायण चौधरीको नाम सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाराको जिल्ला कमिटीमा तत्कालीन एमालेको भागमा पर्ने अध्यक्ष र सचिवका लागि दुई जनाको नाम सिफारिस गरिएको छ ।

तत्कालीन एकाले जिल्ला सचिवालय कमिटीको बैठकले जिल्ला कमिटी उपाध्यक्ष देवनारायण चौधरी र सचिबमा जिल्ला सचिवालय सदस्य एवंम प्रचार विभाग प्रमुख मनोज पौडेललाई सिफारिस गरेको हो ।

बारा जिल्लामा एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामा एमालेको भागमा पर्ने अध्यक्ष वा सचिव दुबै पदका लागि चौधरी र पौडेलको नाम सर्वसहमतिले सिफारिस गरेको हो । जिल्ला कमिटी अध्यक्ष एवंम प्रदेशसभाका सदस्य सुन्दर बिकको अध्यक्षतामा बसेको बैठकले दुबै जनालाई सिफारिस गरेको हो ।

केन्द्रिय सचिवालयको पछिल्लो परिपत्रले बिकलाई पुनस् जिल्ला अध्यक्ष बन्न रोक लगाए पछि उपाध्यक्ष चौधरीको नाम सिफारिस गरीएको हो । नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले जारी गरेको परिपत्रमा संघीय संसद र प्रदेश सभाका सांसदलाई प्रदेश कमिटी र जिल्ला कमिटीको अध्यक्ष र सचिव बन्न नपाउने व्यवस्था गरिएको छ ।

सिफारिस गरिएका चौधरी पार्टीमा समन्वयकारी भूमिका खेल्ने जिल्ला नेताको रुपमा स्थापित छन भने पौडेल प्रखर वक्ता र कुशल संगठक हुनुका साथै कार्यकर्ता माझ लोकप्रिय छन् ।

Leave a Reply

Your email address will not be published.