दुर्गा महतो थारु एसियाड खेल्न इन्डोनेसिया जाँदै

अनुराग महतो/युएई।

नवलपुर, मध्यविन्दु- २, नन्दपुरका दुर्गा महतो थारु नेपाल राष्ट्रिय भलिबल टिमबाट शुक्रबार एसियन गेम्स खेल्न इन्डोनेसिया जाँदैछन्। २० राष्ट्र सहभागी एसियाडमा नेपाल सम्मिलित समूहमा दक्षिण कोरिया र चाइनिज तपेइ रहेका छन्। समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल भदौ ६ गते चाइनिज तपेइसँग र दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियसँग खेल्नेछ।

नेपाली राष्ट्रिय टिमबाट एसियन गेम्स खेल्न कप्तान इम बहादुर मगर, मान बाहादुर श्रेष्ठ, दुर्गा महतो, नरेन्द्र गिरी, धन बहादुर भट्ट श्रेत्री, बिशाल बहादुर विक, कुलबहादुर थापा, दिपकराज जोशी, राजु शेरचन, वैरभबहादुर बङ, हरि बहादुर अधिकारी र ईश्वर थामा लिवेरि छन्।

सानै उमेरदेखि खेलकुदमा लागेका दुर्गा भलिबलका चर्चित नाम हो। उनी होनहार र निकै अनुशासित खेलाडी मानिन्छन्। विभिन्न जिल्लामा पुगेर अाफ्नो खेल प्रदर्शन गरिसकेका उनी वडा, जिल्ला र राष्ट्रिय स्तरको भलिबलमा विजय हासिल गर्दै थुप्रै पुरस्कार प्राप्त गरेका छन्।

खेलकुदसँगै उनलाई नेपाली सेनामा रहेर देशको सेवा गर्न उतिकै रुचि थियोे। वि.स. २०६९ सालमा नेपाली सेनामा नियुक्ति भएपछि उनी भलिबल खेल खेल्दै सेनाको भलिबल टोलीबाट थुप्रै पुरस्कार तथा मेडलहरु जित्न सफल भएका छन्।

राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै उनले माल्दिभ्स, मकाउ, पाकिस्तान, भारतलगायत थुप्रै देशमा आफ्नो खेल प्रदर्शन गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published.