प्रदेश ५ की उपसभामुख, जो कखरा पढ्नेबेला मालिकको बच्चा समातिन्

कृष्णी थारु ।
मेरा बुबा आमा कमैया बसेकै बेला मालिकको घरमै मेरो जन्म भएका थियो । मेरो परिवारमा कमैया कमलरी पुर्खौंदेखि बस्दै आएको थियो । त्यही भएर म पनि सानै उमेरमा कमलरी बसे । सात वर्षको हुँदा बुबाले कमलरी पठाउनुभएको थियो । म कमलरी बस्नु नौलो कुरा पनि थिएन । परम्पराअनुसार नै मेरो बुबाले मलाई कमलरी पठाउनुभयो ।

म आफैँ बच्चा थिएँ । कमलरी बस्दा मैले पनि बच्चा हेर्ने जिम्मेवारी नै पाएँ । म बच्चाले अर्को बच्चाको स्यहार गर्नुपथ्र्यो । बल्ल बल्ल बोक्थे । बोकेपनि लडाउँलास् भन्दै मालिकले गाली गर्थे । तेरो बाउले… जोडेर सधैं गाली गथ्र्यो मालिकले ।

त्यो कलिलो उमेरमा मैले भाँडा माझ्न पथ्र्यो । तलबाट माथिसम्म सकिनसकी भाँडा माथिल्लो तल्लामा लानु पथ्र्यो । त्यहाँ बस्दा मैले चोखो खाना कहिल्यै खाइन् । सधैं मलाई लास्टमा उब्रेको खाना खुवाउँथ्यो । मालिकको बच्चाले सु गरेको बिछौनामा सुत्न पथ्यों । भोलिपल्ट गन्हाइस् भनेर उल्टो हप्की पनि खान पथ्र्यो । यहाँसम्मको यात्रा पक्कै पनि सजिलो थिएन ।
भिडियो हेर्नुस्: 

Leave a Reply

Your email address will not be published.