तेजुलालको प्रश्न- यो ओली सरकार हो कि हिटलर?

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले केपी शर्मा ‌ओलीको सरकारलाई राजा ज्ञानेन्द्र शाहको सरकारसँग तुलना गरेका छन्। उनले विभिन्न ठाउँमा निषेध लगाउने, लोकतन्त्रमा ठाउँठाउँमा बोल्न नपाउनेजस्ता कार्य गरेर ओली सरकारले हिटलर शैली अपनाएको भन्दै विरोध गरे।

उनले त्यतिबेला पनि ज्ञानेन्द्र शाहले जनताको चाहनालाई कुन्ठित गरेको र अहिले ओली सरकारले पनि जनतालाई विभिन्न बहानामा उनीहरुको अधिकार खोसिरहेको आरोप लगाए। उनलेे गोविन्द केसीको माग पूरा गर्न माग गरेका छन्। उनले सरकारले उनीसँग सम्झौता गरेको भन्दै माग पूरा गर्न माग गरे।

 भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.