‘पर्ख पर्ख मायालु’की हिरोइन शिल्पासँग वीर चौधरीको रोमान्स

‘आउ नाचौं’को दोस्रो भागको म्युजिक भिडियोमा नेपाली फिल्मकी अभिनेत्री सिल्पा पोखरेल र थारु मोडल वीर चौधरीले अभिनय गरेका छन्। आइतबार दरवारमार्गमा  भएको छायाँकनमा यी दुईले रोमान्स गरेका छन्। ‘आउ नाचौँ’ले सफलता पाएको उपलक्ष्यमा दोस्रो भाग ल्याउन लागिएको गीतकार तथा संगीतकार विनय वैद्यले जानकारी दिए।

गायक रोशन रत्गैँया र शिक्षा ढुंगेलको स्वर रहेको गीतलाई राम ढुंगेलले निर्देशन गरेका छन्। ३ लाख पचास हजार लगानीमा बनाइएको भिडियो विश्कप सकिएको भोलिपल्ट सार्वजनिक गरिने वैद्यले जानकारी दिए।

आउ नाचौंको पहिलो भाग १८ लाख बढीले हेरिसकेका छन्।

Leave a Reply

Your email address will not be published.