स्कुले छात्रालाई आत्मरक्षासम्बन्धी प्रशिक्षण

बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा किशोरीहरुले आफ्नो सुरक्षा आफैँ कसरी गर्ने भनी एक दिने आत्मरक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सयपत्री उच्च माध्यमिक विद्यालयका छात्राहरुलाई सिकाइएको छ । पश्चिम नवलपरासी थारु पत्रकार सघंको आयोजनामा किशोरीमाथि हुने कुनै किसिमका यौन दुर्व्यवहार, यौन हिसां नहोस्, कारणबस त्यस्तो दुर्व्यवहार परेमा किशोरीले सोही समयमा आफ्नो रक्षा कसरी गर्न सकिन्छ भन्नेबारे प्रयोगात्मक सीप सिकाइएको हो ।

प्रशिक्षणमा सोही विद्यालयका कक्षा ८, ९ र १० बाट ७० जना किशोरीहरुको उपस्थिति थियो । प्रशिक्षणमा शारीरिक र मानसिकरुपमा किशोरीले अपराधीलाई कसरी पहिचान गर्ने र त्यो अपराधीबाट बच्न आफ्नो शारीरिक हाउभाउबाट कसरी बच्न सकिन्छ भनी प्रशिक्षण दिइएको थियो। उक्त प्रशिक्षण सर्चफर कमन ग्राउण्डबाट बालिका चौधरी र थारु पत्रकार सघंकी रेनुका चौधरीले सहजीकरण गरेका थिए।

अपराधीले किशोरीलाई कुनैपनि तरिकाबाट आक्रमण गर्दा बच्ने उपायलगायत अपराधीको हाउभाउ पहिचान गर्ने भन्ने कुरा उपस्थित किशोरीहरुले जिज्ञासा राखेका थिए । उक्त जिज्ञासालाई कमन ग्राउण्डबाट बालिका चौधरीले सम्बोधन गरेकी थिइन्।

कार्यक्रममा छात्राहरुले आफूले सिकेका सीप उपलब्धिमूलक भएको भन्दै जीवनमा अत्यावश्यक भएको कुरा बताए। विद्यालयका प्रध्यानाध्यापक भोला चौधरीले यस्ता किसिमका तालिमहरु हाम्रा समाजका हरेक किशोरीहरुलाई सिकाउनुपर्ने अवस्था आएको बताए।

कार्यक्रममा सहभागी छात्राहरुले यो सीपमूलक जानकारी थोरै समय मात्र नभइ लामो समयावधिको लागि सिकाउनुपर्ने र हामी विद्यालयका किशोरीलाई मात्रै नभइ गाउँ, समाजका सबै किशोरीलाई सिकाउनुपर्ने माग गरे। उनीहरुले एक जना व्यक्तिले आत्रमण गर्दा बच्ने उपाय त सिक्यौँ, तर सामूहिकरुपमा आक्रमण भयो भने कसरी बच्ने भन्नेजस्ता जिज्ञासा राखेका थिए । कार्यक्रममा आत्मरक्षा तालिम प्राप्त किशोरीहरु मीना चौधरी, निशा चौधरी उपस्तिथी थिए।

Leave a Reply

Your email address will not be published.