अगमलाल चौधरी: जसले वीपीलाई आदर्श मानेर कांग्रेसी भए

थारुवान/काठमाडौं।

सुनसरी सत्तेरझोडा वडा नं. २ मा २००५ सालमा अगमलाल चौधरी जन्मिए । उनको परिवार खानदानी थियो । अगमलाल दिवंगत शान्तिलाल माझी र सोनामतीदेवी थरुनीका एक्ला छोरा हुन् । उनका दिदीवहिनी भने पाँच जना हुन् ।

खानदानी परिवार भएकाले गर्दा उनलाईं त्यतिबेला पढ्न कुनै समस्या थिइन् । तर, पनि त्यो बेला पूर्व क्षेत्र त्यसमा पनि बजार क्षेत्रमा नगन्य विद्यालय भएकाले गर्दा पढ्ने अवसर पाएनन् । किनकि ग्रामीण क्षेत्रमा उनको बसोबास थियो ।

१६ वर्षकै उमेरमा उनी पहिलोपल्ट गाउँ विकास समितिका सदस्य भए । उनी जानेर र बुझेर सदस्य भएका थिइनन् । गाउँमा सबैले बन्नुपर्छ भनेपछि भए । त्यतिबेला गाउँ विकास समितिको सदस्य नै भूमिसुधारको सदस्य हुने चलन थियो । उनी औरावनी वडा नं. ८ को गासस भएकाले गर्दा भूमिसुधारको पनि सदस्यको जिम्मेवारी बहन गरे । उनको पदावधि २०२४ सालमा टुंगियो ।

उनले गाउँ घरका सर्वसाधारणको सुखदुःखबारे सोधीखोजी गर्दै हिँड्ने काम भने छाडेनन् । २०३५ सालमा सत्तेरझोडाको प्रधानपञ्च भए । उनी लगातार तीन कार्यकाल प्रधानपञ्च भएर विताए । उनी प्रधानपञ्च भएकै समयमा भूमिगत अवस्थामा भारतमै बसेर वीपी कोइरालाले सुनसरीमा राजनीतिक गतिविधि गर्थे । वीपीको विचार र सिद्धान्तबाट प्रभावित भएर कांग्रेसमा लागे । २०३१ सालताका उनी वीपीलाई भेट्न भारतको पाटन गए । त्यहीबेला कांग्रेसका दिंवगत नेता गिरिजाप्रसाद कोइरालासँग पनि पहिलोपटक भेट भएको थियो । वीपीसँग पहिलोपटक भेट्दा त्यतिधेरै बोल्न नसकेको उनले बताउँदै भने, ‘विद्यालयको औपचारिक शिक्षा नलिए पनि सामान्य साक्षर भएकाले गर्दा वीपीको लेख पत्रिकामा हेर्थे र त्यसैबाट प्रभावित भए ।’

उनले त्यही भएर आफूले पार्टीमा छँदा वीपीको सिद्धान्तमा अटल भएर लागेको सुनाए । ‘वीपीको विचार र सिद्धान्तलाई बिर्सिएकै कारण काँग्रेस कमजोर हुदैं गएको छ,’ उनी भन्छन् ।

गाउँघरका न सानो न त ठूलो, सबैसँग मिलनसार अगमलाल २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय रुपमा सहभागी भए । जनतामाझ लोकप्रिय अगमलाल २०४६ सालको प्रजातन्त्र बहालीपछि उनी दुईपटक नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति भए । २०५२ सालमा जिल्ला विकास समितिको सभापतिमा भने पराजित हुन पुगे । २०६४ सालको पहिलो संविधानसभामा तीन नं. क्षेत्रको उम्मेदवार बनेका चौधरी दोस्रोपटक पराजित हुन पुगे । त्यतिबेला उनी उमेरले कान्छो भए पनि राजनीति एकैसाथ थालेका विजयकुमार गच्छदारसँग पराजित हुन पुगे । उनी चुनाव हारेपनि कहिल्यै निरास भएनन् । नयाँ पुस्तालाईं हौसला हुने गरी सक्रिय भई नै राखे । पार्टीमा सक्रियतापूर्वक लाग्न र आफ्नो गाउँ ठाउँका जनताका सुखदुःखमा निरन्तर साथ दिइरहे । आफ्नो ठाउँको विकासका लागि सरकार निकायमा पुगेर विभिन्न योजना ल्याउन लागिरहे ।

इमानमा अडिग भएर राजनीति गर्ने अचेलको समयमा विरलै भेटिन्छन् । त्यस्तै निष्ठानवान राजनीतिज्ञको छबि बनाएका अगमलाललाई यसपटक भने जनताले सुनसरी क्षेत्र नं. ३ ‘ख’ बाट प्रदेशसभामा विजयी गराएका छन् । उनलाई गाउँलेसँगै अन्य राजनीतिक दलमा आबद्ध सबैले इमान्दार, निष्ठावान र निष्कलंक नेताको रुपमा चिन्छन् ।

अगमलाललाई गाउँलेले भन्ने गर्छन, ‘उहाँले कसैलाईं गलत भन्नु पनि हुन्न् । उहाँलाई कोही गाउँलेले नराम्रो भनेर सोच्न पनि सक्दैन् ।’ अगमलालमा कुनै प्रकारको लोभलालच छैन् । उनी भन्छन्, ‘लोभलालचमा फसेको भए त मलाईं गाउँलेले राम्रो ठान्दैन्थे होला ।’ उनको पुख्यौली सम्पति अहिले पनि १० बिघा हाराहारी छ । दुईवटा छोरा छन् । पाँचवटी छोरीको विवाह गरिसकेका छन् । ‘पारिवारिक हिसाबले म पूरै फुर्सदमा छु,’ उनले भने, ‘अब मेरो जीवन रहुन्जेल जनताकै सुखदुःखमा साथ दिनेछु ।’

उनलाई झट्ट हेर्दा प्रदेशसभा सदस्य भनेर पत्याउन पनि गाह्रो पर्छ । किन किन अति नै सरल स्वाभावका छन् । उनी गाउँमा आउने नवआगन्तुकलाई आफै बोलाएर सोधीखोजी गर्छन् । केही समस्या परेमा सहयोग गर्ने वचन दिन्छन् ।

अगमलाल आफू स्वयम इतिहास भइसके । उनले देखेको, भोगेका, अनुभव गरेका, समस्या र ती समस्याको समाधानका लागि सक्रिय भएर लाग्ने बचनबद्धता व्यक्त गदैं आएका छन् ।

अगमलालले समाजमा पु¥याएको योगदान त प्रेरणदायी छ । अचेल राजनीतिक रुपमा बहुबालीको हाबी भएको बेला उनलाई देख्ने, बुझने जो सुकैलाई पनि राजनीति गर्न उर्जा मिल्छ । सामजमा उनलाई भन्ने गर्छन, ‘सरल स्वाभाव उच्च विचारका धनी अगमलाल ।’

Leave a Reply

Your email address will not be published.