थरुहट नेता भानुराम चौधरी नेतृत्वमा नयाँ पार्टी गठन

थरुहट नेता भानुराम चौधरी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । राजधानीमा भएको दुई दिने भेलाले ‘नेपाल लोकतान्त्रिक पार्टी’ गठन गरेको हो ।

भानुराम चौधरी नेतृत्वमा गठन भएको उक्त पार्टीमा ७५ जना केन्द्रीय कार्यसमिति चयन भएका छन् । भानुराम यसअघि थरुहट तराई पार्टी नेपालका अध्यक्ष थिए । चुनावअघि उक्त पार्टी विजयकुमार गच्छदार नेतृत्वको नेपाल लाकतान्त्रिक फोममा मर्जर भएको थियो । लगत्तै गच्छदार आफ्ना नेता कार्यकर्तालाई अलपत्र पारेर कांग्रेस प्रवेश गरेका थिए ।

तिनै असन्तुष्ट पक्षले नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । पार्टीमा शिवलाल थापा र गीता राणा क्षेत्री पनि नेतृत्व तहमा छन्। पार्टीले निर्वाचन आयोमा दर्ता प्रक्रिया सुरु गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published.