थारु विद्यार्थीले लिए निशुल्क पत्रकारिता तालिम

थारु विद्यार्थी समाज केन्द्रीय कार्यसमितिले एक हप्ते निशुल्क उद्घोषण तथा प्रसारण पत्रकारिता तालिम आयोजना गरेको छ । राजधानीमा आयोजना गरेको तालिममा थारु विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
उनीहरुलाई बहुभाषिक रेडियोका सञ्चालक बुद्धिबहादुर विश्वकर्मा, पत्रकारहरु राजु स्याङ्तान, योगेश ढकाल, राज सरगम र किशोर चौधरीले प्रशिक्षण दिएका थिए । शनिबार एक कार्यक्रम आयोजना गरी प्रशिक्षक र प्रशिक्षार्तीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा प्रमाणपत्र वितरण गरिएको थियो । समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीले थारुहरुलाई पनि पत्रकारितातर्फ आकर्षित गर्न यो तालिमको आयोजना गरेको बताए ।

Leave a Reply

Your email address will not be published.