प्रदेश ७ : मन्त्री विनिता चौधरीको सम्पत्ति कति ?

प्रदेश नम्बर ७ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। विवरणअनुसार पतिको नाममा घर तथा ४ कट्ठा घडेरी र पतिकै नाममा १ विघा खेत रहेको उल्लेख छ। त्यस्तै मन्त्री चौधरीसँग ५० हजार बैंक मौजदात रहेको छ भने एक लाख बैंक ऋणसमेत रहेको छ।

त्यस्तै चौधरीले ७ तोला सुन र ३५ तोला चाँदी, एउटा मोटरसाइकल, ५२ हजार ५ सय बराबरको सेयर र १० कट्ठामा केरा खेती गरेको विवरणमा उल्लेख गरेकी छन्।

प्रदेश नम्बर ७ का सबै मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

Leave a Reply

Your email address will not be published.