राज्यमन्त्री रामकुमारी चौधरीको पाँच लाख ऋण, घरजग्गा ‘छैन’

संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। विवरणअनुसार उनको नाममा कुनै पनि घरजग्गा नरहेको देखाएको छ। मन्त्री चौधरीले सुन दुई तोला र चाँदी ५५ तोला देखाएको छ।

त्यस्तै दुई लाख बराबरको डिस्कभरी मोटरसाइकल पतिको नाममा, ल्यापटप र दुइटा मोबाइल सेट भाइबाट उपहार पाएको मन्त्री चौधरीले उल्लेख गरेकी छन्।

चौधरीले ५ लाख ऋण रहेको उल्लेख गरेकी छन्। शंकर चौधरीबाट उनले उक्त रकम ऋण लिएको विवरणमा उल्लेख गरेकी छन्।

 

Leave a Reply

Your email address will not be published.