राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला प्रशासनमा दर्ता

थारु कलाकारहरुले राष्ट्रिय थारु कलाकार मञ्च गठन गरेका छन् । यसअघि नै काठमाडमौंमा भेला बोलाइ तदर्थ समिति गठन गरेको मञ्चले काठमाडौं जिल्ला प्रशासनमा विधिवतरुपमा दर्ता गरेको छ । ७८७/०७५/०७६ दर्ता रहेको मञ्चको अध्यक्ष विनय वैद्य हुन् ।
मञ्चको उपाध्यक्षममा रोशन रत्गैँया, महासचिवमा दीपक चौधरी, सचिवमा समीक्षा चौधरी र कोषाध्यक्षमा दीपक कुमार चौधरी छन् । कमिटी १७ सदस्यीय रहेको अध्यक्ष वैद्यले जानकारी दिए । मञ्चले यसअघि नै केही जिल्लामा शाखा विस्तार गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.