थारु विद्यार्थी समाजले गर्याे मह्वपूर्ण निर्णय, रेशम चाैधरीकाे रिहाइ माग

थारु विद्यार्थी समाजले रेशम चौधरीको रिहाई माग गर्दै प्रतिनिधिसभा सदस्यको प्रमाण पत्र उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । काठमाडौंमा बसेको समाजको तेस्रो केन्द्रीय कार्यसमिति बैठकले निर्दोष रेशम चौधरी तत्काल रिहाइ गर्नुपर्ने माग गरेका हुन् ।

टीकापुर घटनाको अरोपमा पक्राउ परेका रेशम चौधरी गत प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । निर्वाचन आयोगले विजयीको प्रमाणपत्र आफैँ लिनुपर्ने भनेपछि उनी अदालतमा उपस्थित भएका थिए । कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि जिल्ला करागार पठाएपछि रेशमसहित टीकापुर घटनामा पक्राउ परेका थारुहरु अनसनमा बसेका थिए । बिरामी परेपछि रेशमलाई भने काठाडमौं ल्याइएको थियो । वीर अस्पतालको उपचारपछि रेशमलाई अहिले डिल्ली बजारस्थित करागारमा राखिएको छ ।

थारु विद्यार्थी समाजले टीकापुर घटनाबारे विभिन्न प्रतिवेदनमा रेशम चौधरी निर्दोष देखिएको भन्दै उक्त प्रतिवेदनहरु पनि सार्वजनिक गर्न सरकारसँग माग गरेको अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए । उनले रेशमसँगै टीकापुरका घटनामा जेल परेका सबै थारुहरुको निशर्त रिहाई हुनुपेर्न माग गरेको बताए ।

समाजले थरूहट अान्दाेलनलाइ पनि सशक्त बनाएर अगाडि बढाउने निर्णय गरेकाे छ । थारूहरूकाे समस्या ज्युँका त्युँ रहेकाे बताउँदै अध्यक्ष चाैधरीले थारू हक अधिकार सुनिश्चित नभएसम्म थरूहट अान्दाेलनलाइ सशक्तरूपमा अगाडि बढाउने निर्णय भएकाे बताए।

यी हुन् प्रादेशिक संयाेजक
समाजले संगठन विस्तार र प्रशिक्षणका लागि प्रादेशिक इन्चार्ज तोकेको छ । प्रदेश १ मा अजय चौधरी, प्रदेश २ मा विकास चौधरी, प्रदेश ३ मा चन्द्रप्रसाद चौधरी, प्रदेश ४ मा ओमनारायण महतो, प्रदेश ५ मा सीताराम चौधरी, प्रदेश ६ मा कञ्चन थारु र प्रदेश ७ मा ठाकुर करिया प्रधानलाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published.