तीन मोटरसाइकल ठोक्किँदा सिराहामा चारको मृत्यु

पूर्व पश्चिम राजमार्गको भोटियाटोल (सिरहा) चौक नजिक मंगलवार अबेर राति तीनवटा मोटरसाईकल आपसमा ठोक्किदा सवार चारजनाको मृत्यु भएको छ भने एक घाईते भएका छन्। 

स ३ प १६०, स ३ प ९२०८ र स २ प ६७ नम्बरको मोटरसाईकल आपसमा ठोक्किंदा गोलबजारका बिदेक सिंह महतो(१९), सिरहा असनपुरका रामअशिष पासवान(३९), लहान ८ का नुजा सदाय र सप्तरी ब्रम्हपुर ३ का लक्ष्मण राम(५५) को मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपि राजकुमार केसीले जानकारी दिए।

तीनै मोटरसाईकल कसरी आपसमा ठोकिए अनुसन्धान भैरहेको डिएसपि केसिले बताए। दुर्घटनाको खबर पाएर घटनास्थल पुगेको लहान प्रहरीको टोली घाईते पाँचजनालाई उपचारका लागि लहान अस्पताल पुर्याउँदा चिकित्सकले चारजनालाई मृत घोषणा गरेका थिए।

घाईते सर्बेश गोसाईको न्युरो अस्पताल विराटनगरमा उपचार भैरहेको केसिले जनाकारी दिए।

Leave a Reply

Your email address will not be published.