प्रधानमन्त्री केपी शर्मा ओलीले घोडाघोडी नगरपालिका, कैलालीका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् चौधरीलाई अपरिचत समूहले गत सोमबार घोडाघोडीमै गोली र खुकरी हानेर सख्त घाइते भएका थिए ।
प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका नेताहरुले शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । ‘उपचार खर्च सरकारले व्योहोर्छ’ उनले भने, ‘उहाँको उपचारमा कुनै पनि कसर बँँकी नराखी उपचार गर्नुहोस् ।’
प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई बताए । उनले भने, ‘दोषी उम्कन पाउँदैनन् । उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ ।’