घाेडाघाेडी नगरपालिकाका मेयर ममताप्रसद चाैधरीमाथि गाेली प्रहार

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि खुकुरी प्रहार भएको छ । सोमबार बेलुकी आफ्नै घरमा बसिरहेका चौधरीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको प्रदेश ७ का प्रहरी प्रमुख एआइजी माधव नेपालले जानकारी दिएका छन् । चौधरीको टाउकोमा खुकुरी प्रहार भएको छ ।

चौधरीमाथि गोली प्रहार पनि गरिएको नेपालले बताए। उनले भने, ‘चौधरीको शरीरमा गोलीको छर्रा लागेको छ।’

नेपालका अनुसार चौधरीलाई घोडाघोडीको अस्पतालमा उपचार गरिएको छ। थप उपचारको लागि नेपालगन्ज लैजाने तयारी भइरहेको छ। थप विवरण आउन बाँकी रहेको एआइजी नेपालले बताए।

गत बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरेको आरोपमा पक्राउ परेका रामबहादुर चौधरीलाई मताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा छुटाइएको थियो।

Leave a Reply

Your email address will not be published.