सन्तोष दहित/दाङ।
नेपालमा विभिन्न जातजातिहरुको बसोबास रहेको देश हो । यहाका विभिन्न जातजातिले प्राचिनकालदेखि आ–आफ्नो कला, सस्कृति, चाड, पर्व, भेष भुषामा रमाउदै आएकाछन् । यी जातजातिमध्ये थारु समुदाय पनि एक हुन । उनिहरुको आफ्नै किसिमको सस्कृति, रहन–सहन, लवाई खवाई, बोलीचाली र चाडपर्व मनाउदै आएकाछन् । प्रकृतिसंग अति नजिक रहेका थारु समुदाय सस्कृतिको हिसावले नेपालमा सवै भन्दा धनि रुपमा चिनाउने गर्दछन । थारु समुदायको हरेक महिनामा कुनै न कुनै चाडपर्व जोडिएको हुन्छ अर्थात मनाइरहेकाछन् । यी चाडपर्व मध्ये थारु समुदायको ‘ढुरहेरी’ पनि एक महत्वपुर्ण चाडपर्व हो । अरु पर्व जस्तै यो पर्वमा पनि थारु समुदायले धुमधामसंग मनाउदै आएकाछन् । थारु समुदायको ‘ढुरहेरी’ पर्व वैदिक एवम पौराणीक परम्परासंग जोदिएको पाइन्छ ।
‘ढुरहेरी’ लाई अर्काे शब्दमा थारु भाषाम ‘फगुवा’ पनि भनिन्छ भने नेपालीमा ‘ढुरहेरी’लाई होली भन्ने गरिन्छ । होली भन्ने वित्तिकै होलीमा भव्य रुपमा एक अर्कालाई अबिर लगाउने, अबिर खेल्ने, रंग छर्ने, मात्र बुझिन्छ । तर, थारु समुदायमा एकदमै फरक पाइन्छ । ढुरहेरी अर्थात होलीमा एकअर्कालाई अविर लगाउने होली खेल्ने त हुन्छ नै यसमा थारु समुदायको आफ्नौ छुट्टै खालकोसस्कृतिसंग जोदिएको हुन्छ ।
खासगरि पूजापाठमा विश्वास गर्ने थारु समुदाय ढुरहेरी अर्थात होलीको दिन भुह्यारथानमा भव्य रुपमा पूजापाठ गर्ने गर्दछन । ढुरहेरी पर्वको अगाडीको दिन विहानै गाउँभरिका गरढु¥या (घरको मूली) हरु महटावाको घरमा जम्मा हुने गर्दछन् । त्यहा जम्मा भइसकेपछि ढुरहेरीलाई कसरी भब्यरुपमा मनाउने के गर्ने, कसरी गर्ने, के नगर्ने त्यहा ब्यापक छलफल केचेहरी हुन्छ । त्यहि कचेहरीमा भएको छलफल अनुसार कामको जिम्मेवारी पनि बाँडफाड गर्दछन् । यसरी जिम्मेवारी बाँडफाँड भएपछि महटावाको निर्देशन अनुसार गाउँका सवै गरढुर्याहरु आ आफनो काममा लाग्ने गर्दछन । कोहीले पूजापाठको लागि केहि रकम उठाउने र कोहिले पूजा पाठको लागि चल्ला संकलन गर्ने, तेल पेलाउने, पिठो पिसाउने लगायत तयारी गरिन्छ ।
यसरी सवै तयारी भइसकेपछि ढुरहेरीकोदिन विहानै केहिपनि नखाएर नुहाइढुहाई गरि केहि गरढ¥याहरु पूजापाठ गर्नको लाग ‘गन्यारी’ भन्ने काठबाट आगो निकाल्ने कामगर्दछन यसरी ‘गन्यारी’बाट आगो निकालीसकेपछि ‘झझ्रा’ रोटी पकाउने गरिन्छ । उता कोहि गरढु¥याहरु भुह्यारथानको सरसफाईमा जुटेका हुन्छन भने कोहि सिमल रुखको हांगा काटी पूजा गर्नको लागि ठुलो बारीको विचमा झण्डा जस्तै गाड्ने गर्दछन । यो दिन थारु गाउँमा निकै चहलपहल हुन्छ । उता पालैपालो होली पनि खेल्ने निरन्तरता रहिरन्छ
यी सवै काम सकेपछि बेलुका ४ बजेतिर भुह्यारथानमा पूजापाठ गर्ने गरिन्छ । चल्लाको बलि दिइन्छ, चिल्लो–चिल्लो ‘झझ्रा’ रोटी चढाईन्छ । यो कार्य सकेपछि माथि उल्लेख गरेअनुसार जहाँ बारीमा सिमलको हाँगा गाडीएको हुन्छ त्यहा गाउँभरिका प्रत्येक घरबाट एक एक जना गरढु¥या अर्थात घरको केहि एकजना बाल्टिन या कुनै एउटा भाडा र ‘गुइठा’ भन्ने चिज लिएर ‘लौव आगी’ नया आगो लिन आएकाहुन्छन ।
भुह्यारथानमा पूजापाठ सकेपछि मुख्य ‘गु¥वा’ पूजारीले त्यहि बारिमा गाडेको सिमलको रुखमा पूजा पाठ गर्छन, सिमलको हरेक हाँगामा ‘झझरा’ रोटी टंगाउछन र, ३ देखी ५ चोटी त्यहि सिमलको रुखलाई घुम्दै जल र आगोले पूजा गर्छन । यसरी पूजा गरिसकेपछि त्यहा केहि आगो बलिरहेकोहुन्छ । त्यहि आगोमा गाउँभरिका मानिसहरुले लट्ठीमा ‘गूइठा’ टँगाएर आगो सल्काउछन् । त्यहि आगो लिएर सवैले आ आफ्नो घरमा लग्ने गर्दछन् । त्यहि आगोबाट आफना्े देविदेवतारहेको कोठामा माटोको भाडामा बत्ती बल्ने चलन छ । यो बत्ती बालेपछि मनमा शान्ती, समिद्धि हुने थारु समुदायमा विश्वास छ ।
यो आगो लिनको लागि थारु समुदायमा घुइचो लागेको हुन्छ । ढुरहेरीको दिन यो आगो न लग्दासम्म घरमा खानपनी पनि पाक्दैन । किनकी सवैलै ‘लौव आगी’ नया आगोले खाना पकाएपछि मिठो, हुने विरामी नपर्ने, शान्ती हुने थारु समुदायमा विश्वास छ । थारु समुदायमा भान्साकोठामा चुलोको छेउमा बर्षभरि आगो राख्ने चलन छ । जुन आगो राख्ने ठाउलाई थारु भाषमा ‘कर्सी’ भनिन्छ । यो ‘कर्सी’ चुलोको अगाडीको भागमा सानो खाल्डो खनेको हुन्छ, त्यहि खाल्डोमा सधैभरि आगो राखेकोहुन्छ । त्यहि आगो ढुरहेरीको विहान पल्ट फालिन्छ । नयाँ आगो राख्नको लागि त्यहा निपपोट गरिन्छ । त्यहि ठाउँमा नया आगो राखिन्छ । यो आगो अर्काे वर्षको ‘ढुरहेरी’ होली नआउदासम्म राख्ने चलन छ । कार्य सकेपछि सवै गरढुर्याहरु रातीसम्म प्रत्येक घर घरमा गई होली खेल्ने होलीको शुकामाना आदानाप्रदान गर्नेगर्दछन । आफुभन्दो ठुलालाई अबिर लगाईसकेपछि ढोग, सेवा लिने चलन हुन्छ । सानालाई माया गर्ने गर्दछन् । होली खेल्ने बेला विभिन्न होलीको गीत पनि गाइने चलन छ । जस्तै होलीमा गाइने गीतका केहि शब्द यस्तो छ ।
उरी, उरी भौरा टिकुलीपर बैठे
टिकुली पकर रसा लेवैं
हुर्गे रे दुनु गोल्रा संगे
सेम्रक धोटा फुल्गै रे उप्पर लागे टेंम्ह्री ।
बाबा रे मोरे लग घोर्वा बेसाइ दे
मैं चली जैबु, राज दरबारे
हुर्गे रे दुनु गोल्रा संगे
सेम्रक धोटा फुल्गै रे उप्पर लागे टेंम्ह्री ।
यता गाउँभरिको बालबालिकाहरुले हातमा घण्टा लिएर जम्मा हुनेगर्दछन । जब झमक्क रात पर्छ त्यहिबेला गाउँभरिका बालबालिकाहरु हातमा घण्टा बजाउदै राम्रो नराम्रो शब्द प्रयोग गर्दै गाउँको परिपरि परिक्रम गर्छन । परिक्रम गर्नेबेला ‘हमार गाउँ छावा छावा, और गाउँ छाई छाई’ हाम्रो गाउँमा छोरा छोरा जन्मुन, अरुको गाउँमा छोरी मात्रै । यस्तै हाम्रो गाउँ सवैभन्दा प्यारौ फलानो गाउँ खत्तम, यस्तै यस्तै नारा लगाउछन । त्यसैगरि फोहर अश्लिल शब्द प्रयोग गरि अरु गाउँलाई गालि गर्ने गर्दछन । यसरी गाउँको परिक्रम गरिसकेपछि गाउँको दक्षिणबाट रहेको घरबाट या महटावाको घरबाट बालबालिकाहरु रातीको होली खेल्दै घण्टा बजाउदै घर घरमा पुग्छन । त्यहिबेला घरको मानिसहरुले बालबालिका माथि बाल्टिमा रहेको फोहर पानी, अविर, रंग, हिलो घरमा जे छ त्यह खन्यादिन्छन । त्यसपछि त्यहि बालबालकाहरुले घरका मानिसहरुलाई मुखमा जे आउछ त्यहि शब्दबाट नानाथरि फोहर फोहर शब्दले गाली गर्ने, घरका मान्छेलाई ठुक्ने गर्दछन । अघिपछि त्यस्तो गर्न नमिलेपनि होलीमा पनि जथाभावि गालीगरेपनि घरकाले केहि मान्दैनन । अझ उनिहरुलाई कसरी रिसिवि गर्ने त्यहि खालको पदर्थाहरु जिउमााथि खन्यादिन्छन । ती बालबालिकाहरुले पनि ती पदार्थ प्रयोग गरेपनि केहि मान्दैन रमाइलो मान्छन यदपी त्यसको बदला उनिहरुलो पनि तयारी सहित केहि न केहि लिएर गएकाहुन्छ, त्यो नभए जथाभावी गाली, गलोज गर्ने गर्दछन । यसरी ढुरहेरी खेलीसकेपछि ढुरहेरीको दोस्रो दिन त्यहि बालिबालिकाहरुले प्रत्येकको घरबाट सवैभन्दा ठूला घण्टाले चामल, नुन, तेल, अन्य तरकारी, आलु उठाउने गर्दछन् । नजिकैको जंगलमा गएर बालबालिकाहरु बनभोज खान जानेगर्दछन । त्यहि बनभोजमा गाउँका युवा, अन्य जान्नेमान्ने, भलाडमी, गु¥वा, महटावाहरुलाई सहभागि गराउछन् रमाइलो गर्दै होलीलाई विदाई गर्दछन । यहि ढुरहेरी पर्व मनाईसकेपछि थारु समुदायमा ‘फगुइ’ पूजा पुज्ने सुरुवाट हुन्छ । ढुरहेरी पर्व नमान्दासम्म फगुई पूजा गर्न मिल्दैन ।
ढुरहेरीको केहि सकारात्मक पक्ष भएतापनि केहि नकारात्मक पक्षपनि छन् । जस्तै नकारात्मक पक्ष फोहर शब्द प्रयोग गर्ने, फोहर पदार्थहरु बालबालिका माथि खन्याउने, जाँडरक्सी बढी खाने होहोल्ला गर्ने आदि । यसको सकारात्मक पक्षपनि छन् । जस्ते बर्षदिनमा भेटघाट नभएका दाजुभाईहरुसंग भेट हुने, रमाइलो गर्ने, सदभाव गर्ने, पुर्खाहरुको सस्कृतिको संरक्षण तथा प्रवद्धन गर्ने राम्रो पक्षहुन ।