कपिलवस्तुको गजेहडामा होली मिलन कार्यक्रम सम्पन्न

श्याम सि.टी./कपिलवस्तु।
होली पर्वको अवसर पारेर वाणगंगा नगरपालिका वडा नं ४ गजेहडामा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थारु समुदायमा होली पर्वको इतिहास, मनाउने तरिका, यसको महत्वलगायतको विषयमा थारु अगुवाहरुबीच छलफल गरिएको थियो।

समयको परिवर्तनसँगै बढदै गएको विकृतिलाई कसरी न्यूनीकरण गर्दै यसलाई सभ्य तरिकाले मनाउन सकिन्छ भन्नेबारेमा चर्चा गरिएको थियो। थारु समुदायमा यसलाई सबैभन्दा कान्छो पर्वको रुपमा पनि मान्ने गरिन्छ। एक आपसमा भएको तिक्तालाई हटाई सद्भाव प्रेममा परिणत गर्ने पर्वको रुपमा पनि होली पर्वलाई लिइने गरिन्छ। कार्यक्रममा शुभकामना साटासाट गर्दै सम्पूर्ण नेपालीमा एक आपसमा मेलमिलाप कायमै रहोस भन्ने शुभकामना पनि थारु अगुवाहरुले दिएका थिए।

कार्यक्रममा समाजसेवी द्वारिका प्रसाद थारु, झगरु प्रसाद थारु, बुद्ध सनेस साप्ताहिकका प्रधान सम्पादक श्याम सि.टी., श्रीराम थारु, शंकर थारुलगायतले शुभकामना दिएका थिए।

कार्यक्रम थारु जागृति युवा क्लबका अध्यक्ष दशरथ थारुको अध्यक्षता, वाणगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सन्तराम थारुको प्रमुख आतिथ्यता, वाणगंगा नगरपालिका वडा नं. ४ का वडा सदस्य ऋषिराम थारुको विशिष्ट आतिथ्य र क्लबका सचिव सीमा थारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published.