अन्ततः त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेशसभाको निर्वाचन भएको झण्डै ७२ दिनपछि प्रदेश नंं ७ ले आज मुख्यमन्त्री पाएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। भट्टको शपथ भने यही फागुन ५गते गर्ने तयारी गरिएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि पत्रकारसँग कुरा गर्दै उहाँले पहिलो पटक देश संघीयतामा गएकाले यसको जग बसाल्ने काम पहिलो प्राथमिकतामा पर्ने बताए। ‘प्रशासनिक व्यवस्थाका साथै प्राकृतिक स्रोतको समुचित ढंगबाट परिचालन र उपयोग गर्न सकेमा विकास गर्न सकिन्छ,’ भट्टले भने, ‘यस क्षेत्रको कृषि, पर्यटन, जलस्रोत, जडिबुटीको सही तरिकाले उपयोग गर्न सकिएमा सफलता मिल्नेछ ।’

प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने र सभामुख नेकपा(एमाले)ले पाउने दुई दलको सहमतिबमोजिम प्रदेश सभामुखमा बझाङबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित एमालेका अर्जुनबहादुर थापा निर्वाचित भइसकेका छन्।

Leave a Reply

Your email address will not be published.