राष्ट्रिय थारु साहित्यिक मेला किन ? एक परिचय

सुशील चौधरी।
संघीय शासन व्यवस्था अन्तर्गत प्रादेशीक सरकारको अध्यासको संघारमा मुलुक उभिएको बेला प्रदेशमा रहेका भाषामा सरकारी कामकाज र शिक्षाका लागि भाषिक तथा साहित्यिक विकास अति जरुरी छ । बर्दिया जिल्ला थारु बहुल जिल्ला पनि भएकोले भाषिक मानकताको अभियानमा अगुवाई गर्नुपर्ने दायित्व छ । नेपाल जातीय, भाषिक, साँस्कृतिक विविधताले भरिएको देश हो । समावेशी लोकतन्त्रको अभ्यास गर्दै गर्दा सबै वर्ग र समुदायको विकासमा समानता ल्याउन सक्दा सामाजिक न्याय स्थापित हुन सक्ने मान्यताका साथ थारु समुदायका प्रवृद्ध व्यक्तित्वहरुको पहलमा सुरु गरिएको छ ।

समग्र थारुभाषी लेखकहरुको साझा संगठन थारू लेखक संघ नेपाल विगत तीनबर्षदेखि भाषा, साहित्य र संस्कृतिको उन्नयनका लागि साहित्यिक मेला तथा विविध साहित्यिक अभियानमार्फत क्रियाशील रहेको छ। २०७२मा पहिलो राष्ट्रिय थारु साहित्य मेला, दाङको घोराहीमा र २०७३ सालमा कैलाली, धनगढीको पटेलामा सम्पन्न गरिसकिएको छ । राष्ट्रिय थारु साहित्य मेला–२०७४ बर्दियाको बढैयातालमा २०७४ माघ ४ देखि ६ गतेसम्म आयोजना हुने भएको छ । थारु साहित्य मेला लेखकतथा सर्जकहरुको भेटघाट अन्तरक्रिया हुनुको साथै लेखन शैली, समकालीन सवालबारे बहस गर्ने साझा चौतारीको रुपमा स्थापितभएको छ। यसका साथै थारु समुदायको विषयमा लेखिएका पुस्तकग्रन्थ, पत्रपत्रिकाहरुको प्रचार प्रसार विक्रिवितरणमा समेत सहयोग पुगेको छ । यसको प्रभाव स्वरुपदर्जनौ लेखकहरुले पुस्तकप्रकाशनगर्ने संगठित रुपमा साहित्यिक अभियान संचालन गरिरहेका छन् । यसर्थ साहित्यिक मेला एक किसिमले साहित्यिक तीर्थको रुपमा पनि रुपान्तरित भइरहेकोछ ।

२०७३ वैशाख ३ र ४ गते भएको घोराहीको साहित्यिक मेला ऐतिहासिक रह्यो । नेपाल प्रज्ञा प्रतिष्ठान थारु साहित्यिक सहकर्मी भयो । जिल्ला विकास समिति, दाङलगायत आधा दर्जन बढी संस्थाहरूले सहकार्य गरे । यो पनि सुखद सुरुवात थियो । साहित्यिक मेलाको उद्घाटन सत्रमा प्रज्ञा प्रष्तिठानका प्रज्ञा एवम् मातृभाषा साहित्यि विभाग प्रमुख साहित्यकार श्रवण मुकारुङले प्रज्ञा प्रष्तिठानले मातृभाषाको साहित्यलाई यथोचित न्याय गर्न नसेको स्वीकार गरे । उनले नेपाली इतर भाषाको विकासको सावललाई हेर्ने दुई किसिमका विचार विद्यमान रहको बताए । उनका अनुसार मातृभाषाको विकासले राष्ट्रियता बलियो बनाउदै भन्ने प्रगतिशील विचार रहेको र यसले राष्ट्रियता कमजोर वनाउने र साम्प्रदायिकता भइकाउने प्रतिगामी विचार रहेको बताए । वरिष्ठ लेखक एवम्ं अनुसन्धानकर्ता महेश चौधरीले थारुभाषाको ऐतिहासिक पत्रिका ‘गोचाली’ दाङबारे चर्चा गरे पञ्ंचायती व्यवस्था विरुद्ध बागी विचार बोकेकाले ‘गोचाली’का अभियान्ताहरूलाई तत्कालीन सरकारले दुःख दिएको बताए । त्यसबेबेला पर्याप्त मात्रामा छापाखानाहरू नभएकाले ‘गोचाली’बनारसमा छाप्नु परेको बताए । चर्चित कवि विप्लव ढकालको उपस्थिति नै महत्वपूर्ण थियो, उनका कविताले पैदागरेका झंझनाहटको कसरी तारिफ गर्नु । मेलामा थारु आख्यानबारे वरिष्ठ साहित्यिकार कृष्णसर्वहारीले कार्यपत्र प्रस्तुत गरेका थिए, टिप्पणी सुशील चौधरीले गरेका थिए । थारु आख्यान लेखनको अवस्थाबारे विस्तृत विमर्श गरिएको थियो । थारु उपन्यास र कथाको बेलिबिस्तार लगाइयो । थारु समकालीन कविताको अवस्थाबारेमा छवि कोपिलाले कार्यपत्र प्रस्तुत गरेका थिए भने टिप्पणी साहित्यिकार एवम् अध्यापक टीकारम उदासीले गरेका थिए । दिलबाहदुर चौधरी, सोम डेमनडौरा, कुमार अभागीले पनि टिप्पणी गरेका थिए । जिल्लागत रूपमा थारु भाषा साहित्यिको अवस्थाका बारेमा पनि चर्चा गरिएको थियो ।

लखेक तथा पत्रकार कृष्णराज सर्वहारीको संयोजकत्वमा गत वर्ष गठन भएको थारु लेखक संघको आयोजनामा २०७३ चैत्र १९ देखि २१ गतेसम्म साहित्यिक मेला धनगढी उपमहानगरपालिका अन्तर्गतको सुन्दर गाउँ पटेलामा भएको थियो । दोश्रो थारु साहित्यिक मेला समावेशी होस् , सामाजिक सद्भाव र एकताको सन्देश पनि जाओस भन्ने सन्दर्भमा पनि ध्यान दिइएको थियो । कविता र आख्यान लेखन रचनागर्भको विषयमा यसै वर्ष ऐना कथासंग्रहमा मनद पुरस्कार विजेता रामलाल जोशी, रोल्पा सुइना काथा संग्रहका लेखक युवा साहित्यकार नवीन विभासलाई प्यानलिष्ट बनाइएको थियो । थारु भाषामा मानकताको प्रश्नलाई भाषाशास्त्रीय ढंगबाट सघाउनका लागि भाषाशास्त्री पदम राई र मातृभाषामा शिक्षाको आवश्यकताबारे छलफल गर्नका लागि नेवा बस्ती नेवा स्कुलका अभियन्ता दिपक तुलाधर निम्त्याइएका थिए । संस्कृतिविद् अशोक थारुको थारु लोकसाहित्यक र दर्शन विषयमा सारगर्भित मन्तव्य संगै अन्तरसंवाद सुरु भयो । थारु मुद्धा र साहित्य लेखन, महिला लेखन, पत्रकारितामा थारु सवाल लगायतका विषयमा छलफल भएको थियो । आधा दर्जन कृति विमोचन पनि मेलामा भएको थियो । सयौको संख्यामा लेखक, कवि कलाकार, लोक कलाकार, शिक्षक र बुद्धिजिवीहरुको सक्रिय सहभागिता रहेको मेलामा पुस्तक मेलामा उल्लेख्य संख्यामा पुस्तक विक्री भएको थियो । गत वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्य भए पनि यसपटक भने हुन सकेन । सरकारी निकायबाट सहयोग हुन सकेको देखिएन । सयौको संख्यामा स्रष्टाहरुको सहभागितामा भाषा, साहित्य र संस्कृतिबारेमा विचार विमर्शको आरम्भ हुनु नै ऐतिहासिक र महत्वपूर्ण कार्य मान्नु पर्दछ । नेपाली वाङ्मयलाई बलियो र धनी बनाउन यस्ता गतिविधिहरुले धेरेनै योगदान दिन्छन् ।

यस वर्ष बर्दियाको बढैयातालमा तेस्रो श्रृखला थारु लेखक संघको आयोजना, जंग्रार साहित्यिक बखेरीको संयोजन, कर्मशील नेपालको व्यवस्थापन र बर्दियाली थारु विकास मंच र थाल् पत्रकार संघ, बर्दिया लगायतका संघसंस्थाहरुको सहकार्यमा मेला सम्पन्न हुदैछ । बढैया लगायत गाउँका बडघर समूहहरुले पनि मेलालाई सघाउन हातेमालो गरेका छन् । थारु भाषा, साहित्य, कला संस्कृति प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने, समकालीन साहित्य, कलातथा संस्कृतिबारे बहस तथा परिशीलन गर्ने, लेखक तथा श्रष्टाहरु र सरोकारवालाहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्ने, थारु भाषा लेखनमा मानकताको विकास गर्ने, समाजको समविकासबारे बहस छेड्ने र बर्दिया विकासबारे बहस थालनी गर्ने उद्देश्य मेलाको रहेको छ । लोक साहित्य, समकालीन थारु साहित्य र त्यसका प्रवृतिहरु, थारु रंगमंचको बाटो (नाटक र चलचित्र): समीक्षात्मक टिप्पणी, थारु साहित्यमा महिला लेखकको खडेरी किन ?अब के गर्ने ?, सराकारी निकायमा थारु भाषाको प्रयोग: सम्भावना र चुनौति, बर्दिया विकास बहस र विद्युतीय संचार माध्यममा थारु भाषा तथा साहित्यको अवस्था रहेका छन् । सम्भवत तराईको ठूलो र जैविक विविधताका हिसावले महत्वपूर्ण रहेको बढैयातालको प्रचारप्रसार गर्ने पनि मेलाको उद्देश्य रहेको छ । बहुभाषी कविता वाचन ( चैनार महटान अँगना) कार्यक्रम पनि हुने भएको छ । थारु साहित्यमा योगदान पु¥याएका स्रष्टाहरुलाई सम्मान गर्ने पनि कार्यक्रम रहेको छ । कार्यक्रमका थारु, गैरथारु लव्धप्रतिष्ठित स्रष्टाहरुको सहभागिता रहेने छ । दर्जनौ पुस्तक विमोचन हुने कार्यक्रम पनि रहेको छ।

लेखक आयोजक कमिटीका सदस्य हुन्।

Leave a Reply

Your email address will not be published.