कांग्रेसले प्रदेशसभा समानुपातिकमा छान्याे सात जना थारू सांसद

नेपाली कांग्रेसले प्रदेशसभा समानुपातिकतर्फको ७२ जना सांसद् छनौट गरेको छ। जसमा थारु समुदायका ६ जना परेका छन्। मोरङबाट विद्यानन्द चौधरी, सुनसरीबाट नवोदिताकुमारी चौधरी र टेकचन्द्र विश्वास, पर्साबाट आशियादेवी थरूनी, रुपन्देहीबाट पुष्पा थरुनी, बर्दियाबाट भुवनेश्वर चौधरी र कञ्चनपुरबाट शयामलाल राना छन् ।

कांग्रेसले प्रदेशसभा समानुपातिकतर्फ प्रदेश १ मा १३, २ मा ११, ३ मा १४ र ४ मा ९ स्थान हासिल गरेको थियो । त्यसैगरी प्रदेश ५ मा १२, ६ मा ५ र प्रदेश ७ मा ८ स्थान हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published.