यी हुन् प्रतिनिधि र प्रदेशमा समानुपातिकबाट चुनिने सम्भावित थारु सांसद

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आइसकेको छ । जसमा प्रतिनिधिसभामा १० जना र प्रदेशसभामा १७ जना थारुहरु निर्वाचित भएका छन् ।
प्रदेशसभाको मतपरिणाम पनि अन्तिमचरणमा रहेको छ । जसमा ५ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाएको छ । सबैभन्दा ठूलो नेकपा एमाले, त्यसपछि क्रमशः नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल रहेका छन् । यी चारवटै दलले ३ प्रतिशत थ्रेसहोल्ड कटाउँदै राष्ट्रि दलको मान्यता पाएको हो ।

समानुपातिकको अन्तिम मतपरिणामअनुसार ती दलहरुले कति जना थारु प्रतिनिधि चय गर्दैछन् भन्ने कुरा चासोको विषय बनेको छ । निर्वाचन आयोगले यो चुनावदेखि पत्येक समावेशी कोटाका लागि नम्बरअनुसार नामावली समावेश गरेको छ । सूचीमा रहेको पहिलो नम्बरकै व्यक्ति पहिलो रोजाइमा पर्ने बुझिएको छ ।

सबैभन्दा ठूलो दल बनेको एमलेको थारु कोटामा पुरुषमा कैलालीका हनुमान चौधरी र महिलामा शान्ता चौधरीको नाम उल्लेख छ ।


त्यस्तै नेपाली कांग्रेसको पुरुषतर्फ सिरहाका पदमनारायण चौधरी र महिलामा दाङकी पार्वता डिसी चौधरी छन् । दुबैजना पूर्वसांसद पनि हुन् ।


त्यस्तै माओवादीबाट दाङका रामजी चौधरी पुरुष र सुनसरीका रामकुमारी चौधरी महिला कोटामा पहिलो नम्बरमा छन् ।


त्यस्तै तराईको ठूलो दल संघीय समाजवादी फोरमको पुरुषतर्फ पर्साका मोहनलाल चौधरी र महिलातर्फ झापाकी रीता चौधरी छन् ।


त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालके पुरुषतर्फ सिरहाका डा पशुपती चौधरी र महिलातर्फ कैलालीकी सरिता चौधरी छन् ।

प्रदेशतर्फको सूची हेृनुस्

प्रदेश १
फोरम
१ अमनकुमार चौधरी सुनसरीका
१ पुनम कुमारी चौधरी सुनसरीका

राजपा
१ कुसुम कुमारी चौधरी सुनसरी

माओवादी
१ परशुराम चौधरी सुनसरी
१ सञ्जिता चौधरी सुनसरी

एमाले
१ श्यामनारायण राजधामी सुनसरी
१ सुनिताकुमारी चौधरी उदयपुर

कांग्रेस
१ टेकचन्द्र विश्वास सुनसरी
१ नवोदिताकुमारी चौधरी सुनसरी

प्रदेश २
फोरम
१ देवानन्द चौधरी सप्तरी
१ दिलकुमारी चौधरी पर्सा

राजपाबाट छैन

माओवादी
१ हरिनारायण बन्ठा रौतहट
१ पारवती देवी फौजदार बारा

एमाले
१ राजेन्द्र चौधरी सिरहा
१ असरादेवी चौधरी सप्तरी

कांग्रेस
१ रामचन्द्रबाबु चौधरी बारा
१ अशियादेवी थरुनी पर्सा

प्रदेश ३
एमाले

१ फुलमती चौधरी चितवन
२ अन्जु सिंह चौधरी काठमाडौं

प्रदेश ५
फोरम
१ कान्छा थारु बर्दिया
२ केदारप्रसाद चौधरी कपिलवस्तु
१ विन्दादेवी चौधरी नवलपरासी
२ लक्ष्मी चौधरी दाङ

राजपा
१ चन्द्रीका चौधरी नवलपरासी
१ अनिता चौधरी रुपन्देही

माओवादी
१ भवनकुमार थारु बर्दिया
२ वीरेन्द्रकुमार चौधरी दाङ
१ लोटी थारु बर्दिया
२ सिर्जना अचार्य थारु दाङ
३ मैयादेवी चौधरी नवलपरासी

एमाले
१ रामदास थारु बाँके
२ जनक चौधरी बर्दिया
१ कृष्णी थारु बर्दिया
२ धमकली चौधरी दाङ
३ रीताकुमारी चौधरी कपिलवस्तु

कांग्रेस
१ भुवनेश्वर चौधरी बर्दिया
२ नन्दुप्रसाद चौधरी बर्दिया
१ पुष्पा थरुनी रुपन्देही
२ कृष्णकुमारी चौधरी बर्दिया
३ विन्दुकुमारी चौधरी बर्दिया

प्रदेश ७
कांग्रेस
१ श्यामलाल राना कञ्चनपुर
२ रामसमझ चौधरी कैलाली
१ भगवती चौधरी कैलाली

एमाले
१ केवालाल चौधरी कैलाली
२ रामवतार राना कञ्चनपुर
१ चुनकुमारी चौधरी कैलाली
२ कमला चौधरी कञ्चनपुर

माओवादी
१ देवीलाल चौधरी कञ्चनपुर
२ हरिराम चौधरी कैलाली
१ विनिता चौधरी कैलाली
२ लीला देवी राना कञ्चनपुर

राजपाबाट मालामती राना पहिलो नम्बरमा छन् ।

Leave a Reply

Your email address will not be published.