दाङमा कांग्रेस गढ भत्काउने पर्दा पछाडिका ‘हिरो’

सन्तोष दहित/घोराही।
केही महिना अगाडि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । मंसिर १० र २१ गते प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनसँगै निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरु यतिबेला गाउँ गाउँमा खुसीयाली साट्दै छन् भने कोही मन्त्रीको लाइमा राजधानीसमेत धाइसेकेका छन् । तर ती निर्वाचित सदस्यहरुलाई जिताउन दाङका एक ब्यक्ति सधैं पर्दा पछाडिबाट लाग्ने गर्छन् । लागेपछि सफल बनाइ छाड्छन् पनि ।

पर्दा पछाडि बसेर स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयर नरुलाल चौधरीलाई जिताउन सफल भए र अहिले वाम गठबन्धनका उम्मेदवारहरुलाई पनि शानदार मतले जिताई छाडे ।

आखिर को हुन त उनी ? घोराही १७ निवासी कुलविर (केवी) चौधरी पेसाले अंग्रेजी विषयको प्रध्यापक हुन् । दाङको सदरमुकाममा रहेर विभिन्न कलेजमा अध्यापन गराइरहरका चौधरी थारु भाषाको एकमात्र पत्रिका लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादकपनि हुन् ।

कम बोल्ने, जिम्मेवारी लिएपछि सफल बनाई छाड्ने चौधरी जिल्लाको वैचारिक र बौद्धिक युवा पनि हुन् । संघर्षबाट कहिले पनि पछि नहट्ने चौधरी अंग्रेजी र राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् । सामान्य किसान परिवारबाट हुर्केका चौधरी हाइस्कुलबाटै होम ट्युशन र आफ्नै कक्षाका साथीहरुलाई ट्युशन पढाउँदै आएका चौधरी अहिले मध्यपश्चिमको एक चर्चित क्याम्पस भिक्टोरिया कलेजका कोर्डिनेटर छन् ।

कूटनीतिकमा पति उतिकै दक्षता हासिल गरेका उनले थारु भाषाको ज्ञाताको रुपमा पनि चिनिन्छन् । उनले थारु गीत, संगीतमा पनि आफ्नो समय दिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.