रेशम चौधरीसँग कानुनविपरीत व्यवहार : थारु कानुन व्यवसायी

सुनिल चौधरी/झुम्का।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार रेशम चौधरीलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै राज्यले ‘रुल अफ ल’बिपरीत ब्यवहार गरेकोप्रति थारु कानुन ब्यवसायी सभाले आपत्ति जनाएको छ। चौधररी ३४ हजार ३ सय ४१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित एका छन् ।

२०७२ भदौ  ७ गते नाबालकसहित ८ जनाको ज्याने गरी भएको घटनामा प्रहरीले रेशमको संलग्नता रहेको दाबी गरेको छ । प्रहरीले उनलाई घटनाको फरार अभियुक्तको सूचीमा राखेको छ। फरार अभियुक्तको सूचीमा रहेको व्यक्तिले चुनाव जितेको भन्दै निर्वाचन आयोगले उनलाई विजयी भएको प्रमाणपत्र नदिई निर्वाचन आयोग काठमाडौं पठाएको छ।

कानुन ब्यवसायी सभाले विज्ञप्ती जारी गर्दै नेपालको संविधान २०७२ को धारा २४६ को उपधारा ३ मा निर्वाचन परिणाम घोषणा भइसकेको अवस्थामा कुनै उमेदवारको योग्यताको सम्बन्धमा कुनै प्रश्न उठेमा त्यसको निर्णय निर्वाचन आयोगले गर्न नमिल्लने संवैधानिक ब्यवस्था हुँदाहुँदै आयोगको ठाडो आदेशमा प्रमाण पत्र नदिनु संवैधानिक तथा कानुनी प्रावधान बिपरित गरेको आरोप छ । राज्यले यस्तो विभेदपूर्ण ब्यवहार नसच्याए मुलुकको लोकतान्त्रिक अभ्यास निष्पक्षता र क्षमता माथिनै दाग लाग्ने जनाएको छ ।

सर्वसत्तावादी राज्य सरकारले जनादेशलाई कुल्चिएर विजयको प्रमाणपत्र दिन आनाकानी गरेको आरोप लगाउँदै अत्याधिक मतले विजय भएका चौधरीलाई आधारनै नदेखाई गरेको दुरब्यवहार र गैर कानुनी अन्यायपूर्ण कार्यप्रति सधैं तयार रहने केन्द्रिय अध्यक्ष रामराज चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

त्यस्तै थारु महिला सभा सुनसरीले पनि उक्त घटनाको भर्त्सना गरेको छ। लोकतन्त्रमा जनमतभन्दा ठूलो केही नभएको भन्दै सभाले निर्वाचन आयोगसमक्ष प्रमाणपत्र दिन आग्रह गरेको छ।  थारु महिला सभा सुनसरीले विज्ञप्ती जारी गर्दै आन्दोलनसम्म गर्ने चेतावनी दिएको छ।

राज्यले सबैलाई समान ब्यवहार गरोस् भन्दै लोकतन्त्रमा जनमतको कदर गर्दै निर्वाचन आयोगले विजयी प्रमाण पत्र चौधरीलाई दिन सभाकी जिल्ला अध्यक्ष सुशीला चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published.