गोपाल दहितलाई हराउँदै सन्तकुमार थारुको ‘ह्याट्रिक’

प्रतिनिधि सभा सदस्यका लागि बर्दियाको क्षेत्र नं २ बाट बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार सन्तकुमार थारु भारी मतान्तरले विजयी भएका छन्। निकट्म प्रतिद्वन्द्वी गोपाल दहितभन्दा १३ हजार ८२० मतले सन्तकुमार विजयी भएका हुन्। उनले ५० हजार ५५५ मत पाए भने दहितले ३६ हजार ७३५ मत प्राप्त गरे। १ लाख ३३ हजार ११५ कूल मतदाता रहेको क्षेत्र नं २ मा ८७ हजार ३४३ सदर मत गणना भएका थिए ।

को हुन् सन्तकुमार थारु?

२०२६ सालको भदौ महिनामा बर्दियाको बारबर्दिया नगरपालिका २ मा जन्मिएका सन्तकुमार थारु माओवादीका युवा नेता हुन् । युवक मावि जोगिगाउँ बर्दियाबाट एसएलसीसम्मको पढाइ पूरा गरेका थारुले भारतको रामजानकी कलेज रुपैडियाबाट आइए पास गरेका छन्।

माओवादीले जनयुद्ध थालेदेखि नै उनी पार्टीमा प्रवेश गरेका थिए। २०५३ सालमा माओवादी प्रवेश गरेर राजनीति थालेका थारु माओवादीभित्रका खरा लडाकु थिए। विभिन्न आक्रमणको नेतृत्व गरेका थारुले माओवादीको जिल्ला सेक्रेटरी हुँदै बटालियन कमिस्नरसम्म बनेका थिए।

२०६४ सालको चुनावमा बर्दियाबाट चुनाव जितेका थारु २०७० सालको चुनावमा पनि विजयी भएका थिए। उनी अहिले माओवादीको पोटिलब्युरो सदस्य र पार्टीको भातृसंगठन थारु मुक्ति मोर्चाका उनी अध्यक्षसमेत हुन्।

Leave a Reply

Your email address will not be published.