मिस्टर एन्ड मिस थारुको ट्यालेन्ट राउन्ड आइतबार, पब्लिक च्वाइसको भोटिङ सुरु

राजधानीमा आयोजना हुने मिस्टर एन्ड मिस थारुको ट्यालेन्ट राउन्ड आइतबार हुने भएको छ। सहभागी सबै प्रतिस्पर्धीहरुले आफ्नो प्रतीभा आइतबार प्रस्तुत गर्ने आयोजक थारु अनलाइन मिडियाका सुदीप चौधरीले जानकारी दिए। उनका अनुसार बिहान ११ बजेदेखि जमलस्थित नाचघरमा ट्यालेन्ट राउन्ड हुनेछ।

त्यस्तै आयोजकका अनुसार शुक्रबारदेखि पब्लिक च्वाइसअन्तर्गत भोटिङ पनि खुल्ला गरिएको छ। मनपर्ने प्रतिस्पर्धीलाई भोट दिन NEI(space)F लेखेर भोट दिने प्रतिस्पर्धीको कोड लेख्नुपर्ने हुन्छ। उदाहरणको लागि 1 नम्बरको प्रतिस्पर्धीलाई भोट गर्न NEI(space)F1 लेखेर  33001 मा एसएमएस पठाउनुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published.